काठमाडौँ – आज ओटीटीको युग हो, जहाँ फिल्म वा शृङ्खलाहरूमा डर बिना अन्तरंग दृश्यहरू राखिएका हुन्छन्। अहिले अवस्था यस्तो छ कि ठूला पर्दामा रिलिज हुने फिल्ममा पनि खुलेआम किसिङ सिनहरू पनि देख्न पाइन्छ । तर एक समय थियो, जब नायक र नायिकाको चुम्बन दृश्यलाई समेत लिएर हंगामा हुने गर्दथ्यो ।
अब कल्पना गर्नुहोस् कि त्यो समयमा दुई नायिकाहरू बीचको दृश्य राखिएको रहेछ भने के हुन्थ्यो ? यही एक दृश्यका कारण करोडौंको व्यापार गरेको यो फिल्म बक्स अफिसमा असफल भयो र फिल्म करिडोरमा विवादसमेत चर्किएको थियो ।
हामी बलिउडको सबैभन्दा महँगो फिल्म मध्य एक ‘रजिया सुल्तान’ को कुरा गर्दैछौं। सन् १९८६ मा बनेको रजिया सुल्तानमा धर्मेन्द्र, हेमा मालिनी र परवीन बाबी मुख्य भूमिकामा थिए । यो फिल्म ८० को दशकको सबैभन्दा महँगो फिल्म थियो। फिल्मको कथा दिल्लीकी एकमात्र सुल्तान रजिया सुल्तानामा जीवन कथामा आधारित थियो।
‘रजिया सुल्तान’ सबैभन्दा धेरै चर्चामा आएको फिल्म हो । यो फिल्म एके मिश्राले निर्माण गरेका थिए र निर्देशनको जिम्मेवारी कमल अमरोहीको काँधमा थियो। त्यसबेला रजिया सुल्तान बनाउन १० करोड बजेट खर्च भएको बताइएको छ । तर फिल्मको कमाइ बजेटको आधा पनि हुन नसकेर सुपरफ्लप भयो ।
फिल्मले घरेलु बक्स अफिसमा जम्मा २ करोडको व्यापार गरेको थियो । यो फिल्म बनाउनका लागि त्यतिबेला उद्योगका धेरै व्यक्तिबाट ऋण लिइएको बताइएको छ । तर, फिल्म फ्लप भएपछि पैसा फिर्ता भएन । त्यो अवधि उद्योगका लागि कठिन समय थियो।
शीर्ष स्टारको कास्टिङ भए पनि ‘रजिया सुल्तान’ को फ्लप ठूलो कुरा थियो । यो फिल्म फ्लप हुनुमा दुई नायिकाबीच भएको ‘इन्टिमेट सीन’ जिम्मेवार मानिएको छ । फिल्ममा रजिया सुल्तान (हेमा मालिनी) र उनकी केटी साथी अर्थात प्रेमी (परवीन बाबी) सँग नजिकिँदै गएको देखाइएको थियो । दुवै बीच चुम्बनको दृश्य पनि थियो ।
एकजना पुरुष र महिलाबीचको चुम्बन दृश्यलाई लिएर हंगामा हुने बेलामा दुई महिलाबीचको चुम्बन दृश्यले सबैको होश उडायो । निर्देशकलाई यो प्रवृत्ति सेट गर्न गाह्रो भयो र धेरै आलोचनासमेत भएको थियो।
फिल्ममा रहेको कठिन उर्दूलाई पनि ‘रजिया सुल्तान’ फ्लप हुनुको एउटा कारण मानिन्छ । मानिसहरु थिएटरमा फिल्म हेर्न जान्थे तर उर्दू नबुझ्दा मानिसहरु दिक्क भएका थिए । यो फिल्मको असफलताले कमल अमरोहीको करियरलाई पुरै ध्वस्त बनायो। त्यसपछि उनले कुनै पनि फिल्ममा गरेनन् । परवीन बाबी र हेमा मालिनीको रोमान्टिक गीतसँगै यो फिल्म दूरदर्शनमा टेलिकास्ट हुँदा उनीहरुको किसिङ सीन पनि हटाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया