मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकाले आफ्ना नागरिक ‘अपहरण’ गरेकाे भेनुजुएलाको आरोप

काठमाडौँ – अमेरिकाले आफ्ना नागरिक अपहरण गरेर एल साल्भाडोर लगेको भेनेजुएलाले आरोप लगाएको छ । अमेरिकाले अमेरिकामा बस्दै आएका भेनुजेएलाका आप्रावासीलाइ पक्राउ गरेर केही दिन अघि मात्रै एल साल्भाडोरको कुख्यात जेलमा लगे पछि उसले यस्तो प्रतिक्रिया दिएको हो ।

संयुक्त राज्य अमेरिकाले एल साल्भाडोरको कुख्यात मेगा जेलमा २०० भन्दा बढी आप्रवासीलाइ लगेर थुनेको थियो । अमेरिकाले तीनीहरूलाइ ‘अपराधी’ को संज्ञा दिइएको छ । यो जेल त्यही जेल हो, जहाँ पसे पछि कोही पनि बाहिर निस्कन सक्दैन् । खासमा साल्भाडोरका दुइ कुख्यात गुन्डा समुहका झन्डै ४० हजार बन्दीहरूलाइ यही जेलमा सदाका लागि खिएको छ, जो दशकौं देखी साल्भाडोरमा हिंसा, लागुऔषध तस्कर, हत्यामा संलग्न रहेको आरोप छ ।

‘नायब बुकेले यस अपहरणमा सहयोगी हुनुहुँदैन, किनभने हाम्रा युवाहरूले संयुक्त राज्यमा कुनै अपराध गरेनन्, त्यहाँ लगिएका कोही पनि कुनै पनि अपराधी होइनन,’ निकोलस मादुरोले साल्भाडोरका नेतासँग भने । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्झौता गरेका एल साल्भाडोरका नेताले यसमा पुनर्विचार गर्नु पर्ने उनको जोड छ ।

‘उनीहरूलाई मुद्दामा ल्याइएको थिएन, उनीहरूलाई प्रतिरक्षाको अधिकार, उचित प्रक्रियाको अधिकार दिइएन, उनीहरूलाई धोका दिइयो, हथकडी लगाइयो, विमानमा राखियो, अपहरण गरियो र एल साल्भाडोरको यातना शिविरमा पठाइयो,’ मादुरोले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?