काठमाडौँ – सुपरस्टार अल्लु अर्जुनको ‘पुष्पा’ को तेस्रो सिक्वेलसन् २०२८ मा विश्वभरका सिनेमाघरमा आउने पक्का भएको छ । सो फिल्मका निर्माताहरूले हालै यसका बारेमा जानकारी दिएका हुन ।
गत वर्ष डिसेम्बरमा रिलिज भएको दोस्रो भाग पुष्पाः २– द रुलले लगभग १७५० करोडको कुल सङ्कलनका साथ विश्वव्यापी बक्स अफिसमा सबैभन्दा ठूलो भारतीय ब्लकबस्टरहरू मध्ये एकको रूपमा उभाउन सफल भएको थियो ।
मिडिया अन्तरक्रियाका क्रममा निर्माता रविशंकरले पुष्टी गरे कि तेस्रो सिक्वेल, जसको शीर्षक हो पुष्प ३ः द र्याम्पेज हो, यो फिल्म अब २०२८ मा आउने पक्का भएको छ। फिल्म निर्माताले अल्लु अर्जुनले अर्को निर्देशक एट्लीका त्रिविक्रमको फिल्म सकाउने र दुबै आगामी २ बर्ष भित्रमा पूरा हुने जनाएका छन् ।
यसैबीच, निर्माता रविशंकरले पुष्टी गरे अनुसार पुष्पा निर्देशक सुकुमारले पुष्पाः ३ मा काम सुरु गर्नु अघि सुपरस्टार राम चरणलाई निर्देशन गर्दैछन्। त्यसोभए अब अल्लु अर्जुन र सुकुमारको तीनवटा फिल्महरू अलग–अलग हुनेछन् उनीहरू पुष्पा फ्रान्चाइजीको अन्तिम सिक्वेलमा काम गर्नु अघि अन्त काम गर्नेछन् ।
पुष्पा फ्रेन्चाइजीले २०२१ मा पुष्पाः द राइजको साथ सुरु गरेको थियो, जसले विश्वभर ३५० करोड भन्दा बढी कमाई गर्न सफल भएको थियो । र सो वर्षको सबैभन्दा धेरै कमाउने दक्षिण भारतीय फिल्मको रूपमा दर्ज गराएको थियो ।
४ वर्ष पछि चलचित्रको दोस्रो भागले पर्दामा हिट मात्रै भएन् र बक्स अफिसमा तूफान नै ल्याएको थियो । र। रेकर्ड ब्रेक ओपनिङको साथ सबै समयका लागि तेस्रो सबैभन्दा ठूलो कमाई गर्ने भारतीय फिल्म बन्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया