काठमाडौँ। निउरो (Fiddlehead Fern) नेपालमा पाइने एक महत्वपूर्ण जडीबुटी हो। निउरो गर्मीको समयमा पाइने उन्यु जातको बनस्पती हो । निउरो भिटामिन ए, सि, बि क्यरोटिनी ,ओमेगा–६ जस्ता तत्वहरुले भरिपूर्ण हुन्छ । निउरो क्यन्सरका बिरामी, रुगा ,खोकी , पेटको समस्या ,कब्जियत आदिका बिरामीहरुका लागि निउरो निकै फाइदाजनक हन्छ ।
नेपालमा निउरो विभिन्न प्रजातिका पाइन्छ । नेपालमा पाइने काली निउरोको औसधिय गुण परापुर्वकालदेखिनै प्रख्यात छ । यसको जरालाइ कुटेर जन्डिस,रगतमासी,घाँटी दुख्ने ,कब्जियत,अनियमित महिनावारी आदिका बिरामीहरुलाइ सेवन गर्ने चलन नेपालको ग्रामिण परिवेशमा निकै प्रचलित छ ।
निउरो खानुका फाइदाहरू:
– उच्च पोषणयुक्त: निउरोमा भिटामिन A, C, र B-कम्प्लेक्सका साथै आइरन, पोटासियम, फस्फोरस, र म्याग्नेसियम पाइन्छ।
– प्रतिरक्षा प्रणाली बलियो बनाउने : यसमा भएको भिटामिन C ले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
-एन्टिअक्सिडेन्ट गुणले फाइदा: निउरोमा पाइने एन्टिअक्सिडेन्ट तत्वहरूले बुढ्यौली ढिलो गराउन मद्दत गर्छ।
– मुटुको स्वास्थ्य सुधार गर्ने: यसले रक्तचाप नियन्त्रण गर्न र मुटु स्वस्थ राख्न मद्दत गर्छ।
-पाचन प्रणालीलाई सुधार गर्ने: फाइबरयुक्त भएकाले यसले पाचन प्रक्रियालाई सहज बनाउँछ।
-विषाक्त पदार्थ हटाउने: निउरोले शरीरमा भएका हानिकारक विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ।
-हड्डी बलियो बनाउने: यसमा भएको क्याल्सियम र म्याग्नेसियमले हड्डी मजबुत बनाउन मद्दत गर्छ।
-डायबेटिसका बिरामीलाई लाभदायक: यसले रक्तमा चिनीको मात्रा सन्तुलित राख्न सहयोग गर्छ।
निउरो कसरी खानु राम्रो हुन्छ?
– तरकारीको रूपमा पकाएर
– मासु वा दालसँग मिलाएर
– भुटेर वा अचार बनाएर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया