काठमाडौँ – अब केही दिन मात्र पर्खनुहोस्, त्यसपछि जताततै सलमान खानको ‘सिकन्दर’को नाम सुनिने छ । सलमान खानले आफ्नो फिल्म इदको अवसरमा यो फिल्म रिलिज गर्न लागेका हुन् । आधिकारिक घोषणा हुन बाँकी छ तर फिल्म मार्च ३० मा रिलिज हुने बताइएको छ । अब यो फिल्मको रन टाइमसँग जोडिएको खबर पनि बाहिर आएको छ ।
पिंकभिलासँग कुरा गर्दै फिल्मका निर्देशक एआर मुरुगादासले यो फिल्मको सम्पादन सकिएको र हाल यो फिल्मको रन टाइम २ घण्टा २० मिनेट रहेको बताए । पहिलो हाफ १ घण्टा १५ मिनेटको र दोस्रो हाफ १ घण्टा ५ मिनेटको हुनेछ। तर, सेन्सर बोर्डको नजिक गए पछि रन टाइममा परिवर्तन पनि देखिन सक्छ ।
निर्माण पक्षले केही दिनमा यो चलचित्रलाई प्रमाणीकरणका लागि सेन्सर बोर्डमा पठाउने भएको छ, त्यसपछि चलचित्रले सर्टिफिकेट पाउने छ र बोर्डले चलचित्रमा कुनै परिवर्तन गरेको छ वा छैन भन्ने पनि थाहा हुनेछ । मुरुगादासले पनि ट्रेलर मार्फत पहिलो दिन र पहिलो शोका दर्शकलाई खुसी हुने दावीसमेत गरेका छन ।
उनले ‘सिकन्दर’ फिल्म मात्र नभएर सामूहिक फिल्म भएको बताए । यस फिल्ममा धेरै इमोशन छ र यस फिल्ममार्फत सबै प्रकारका दर्शकलाई लक्षित गर्न खोजिएको छ । यो चलचित्रको ट्रेलरको पर्खाइमा दर्शकहरु फिल्म अघि नै छन् । यसको ट्रेलर २२ वा २३ मार्चमा रिलिज हुने अनुमान गरिएको छ ।
यो फिल्मका निर्माता साजिद नाडियाडवाला हुन् । यस फिल्ममा सलमान र रश्मिकासँगै काजल अग्रवाल, सत्यराज र अन्जिनी धवनको पनि अभिनय देख्न सकिनेछ । फिल्मलाई लिएर निकै चर्चा चलिरहेको छ । यसले बक्स अफिसमा कत्तिको राम्रो प्रदर्शन गर्छ रु त्यो भने हेर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया