घरको सजावट र स्वच्छताले मात्र नभई घरमा लगाइने बिरुवाहरूले पनि धन सम्पत्तिमा सकारात्मक असर पार्ने विश्वास गरिन्छ। वास्तुशास्त्र र हिन्दू धर्मअनुसार, केही विशेष बिरुवा घरमा रोप्नाले देवी लक्ष्मीको कृपा प्राप्त हुन्छ।
१. केरा
केराको बोटलाई पूजा गर्न निकै शुभ मानिन्छ। मान्यता अनुसार, भगवान विष्णु र लक्ष्मीले केरा फलाहार गर्न रुचाउँछन्। यसकारण, घर वा मन्दिर नजिक केरा रोप्नाले समृद्धि बढ्छ।
२. मनी प्लान्ट
मनी प्लान्ट घरको शोभा बढाउनुका साथै आर्थिक वृद्धि र समृद्धिका लागि लाभदायक मानिन्छ। वास्तुशास्त्रअनुसार, यसलाई घरभित्र दक्षिण-पूर्व दिशामा राख्दा विशेष लाभ मिल्छ।
३. अश्वगन्धा
आयुर्वेदमा अश्वगन्धालाई शक्तिवर्द्धक जडीबुटी मानिन्छ। यो बिरुवा घरमा रोप्दा नकारात्मक ऊर्जा हट्ने र सकारात्मक वातावरण बन्ने विश्वास गरिन्छ।
४. लक्ष्मणा
लक्ष्मणा बिरुवा घरमा लगाउनु निकै शुभ मानिन्छ। यो देवी लक्ष्मीको प्रतीक मानिन्छ र घरमा धन-धान्यको वास गराउने विश्वास गरिन्छ।
यी बिरुवाहरूले घरमा हरियाली, सौन्दर्य र सकारात्मक ऊर्जा ल्याउनुका साथै धनकी देवी लक्ष्मीको कृपा प्राप्त गराउने विश्वास गरिन्छ। यदि तपाईं आफ्नो घरमा समृद्धि चाहनुहुन्छ भने यी बिरुवाहरू अवश्य रोप्नुहोस्!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया