एजेन्सी। तपाईं स्वस्थ्य र फिट रहन चाहनुहुन्छ भने सावधानी अपनाउन जरुरी छ। अनुचित खानपान, अत्यधिक आराम, मासिक धर्मको अनियमितता, थाइराइड समस्या, हार्मोनल असन्तुलन आदि कारणहरूले मानिसको तौल बढाउँछ। राति सुत्नुअघि केहि गलत बानीहरूले तपाईंको तौललाई नियन्त्रणबाहिर लैजान सक्छ। यी बानीहरूको ध्यान राखेर तौल नियन्त्रण गर्न सकिन्छ।
१.डिनरमा भुटेको र तारेको खानेकुरा:
राति स्वादिलो खानेकुराको नाममा भुटेको, तारेको खाना खाउँदा धेरै क्यालोरी पाइन्छ। रातको समयमा शरीरले यस्ता क्यालोरीहरू बर्न गर्न सक्दैन। त्यसैले रातको खाना हल्का र सुपाच्य राख्नुपर्छ।
२.डिनरमा ओभरडाइटिङ:
राति पाचन क्रिया सुस्त भएकाले अधिक खानाले क्यालोरी बर्न हुन सक्दैन, जसले शरीरमा बोसो जम्मा गर्छ र तौल बढाउँछ। त्यसैले, टिभी हेर्दै वा ध्यान बिना डिनर नगरी, प्रोटिन र सागसब्जी बढी सेवन गर्नुहोस्।
३.डिनर नगर्नु:
कसैले तौल घटाउनको लागि रातको खाना खाँदैनन् । तर यसले मेटाबोलिज्मलाई सुस्त बनाउँछ र बिहान अत्यधिक भोक लाग्छ जसले गर्दा बढी खानेकुरा खाइन्छ।
४.कार्बोहाइड्रेटयुक्त खाना:
पिज्जा, पास्ता जस्ता कार्बोहाइड्रेटयुक्त खानामा क्यालोरी धेरै हुन्छ। राति यस्तो खाना खाने गर्दा फ्याट बढ्ने समस्या उत्पन्न हुन्छ।
५.डिनरपछि स्न्याक्स (आइसक्रिम वा मिठाई):
रातको खानापछि आइसक्रिम वा मिठाईको सेवन पनि क्यालोरीको उच्च स्रोत हो, जसले तौल बढाउँछ।
६.राति अबेरसम्म नसुत्ने:
राती अबेरसम्म निन्द्रा नपाउँदा मेटाबोलिजम स्लो हुन्छ, जसले गर्दा फ्याट बर्न हुँदैन र भोक बढ्छ। नियमित रूपमा ७ घण्टा निन्द्रा पुरा गर्न अत्यन्त महत्त्वपूर्ण छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया