मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रिलिज अघि नै रजनीकान्तको ‘कुली’ ले ओटिटीमा इतिहास रच्यो!

काठमाडौँ।सुपरस्टार रजनीकान्त अभिनीत फिल्म ‘कुली’ ले आफ्नो रिलिजअघि नै ओटिटी प्लेटफर्ममा नयाँ रेकर्ड राखेको छ।

भारतीय सञ्चारमाध्यम कोईमोईका अनुसार अमेजन प्राइम भिडिओले फिल्मको डिजिटल राइट्स १२० करोड भारूमा किनेको छ। यो रजनीकान्तको करियरकै सबभन्दा ठूलो ओटिटी डिल सावित भएको छ। यसअघि उनको सुपरहिट फिल्म ‘जेलर’ को डिजिटल राइट्स अमेजन प्राइमले १०० करोड भारूमा किनेको थियो।

‘कुली’ मा रजनीकान्तसँगै नागार्जुन, सत्यराज, श्रुति हासन, पूजा हेगडे र सौबिन शाहिर जस्ता कलाकारहरूको अभिनय रहेको छ। निर्देशक लोकेश कनगराजले यस फिल्मलाई निर्देशन गरेका छन्।​ जसले यसअघि ‘विक्रम’ र ‘कैथी’ जस्ता सफल फिल्महरू दिएका थिए।

फिल्मको छायांकन तीव्र रुपमा भइरहेको छ भने हालसम्म ७० प्रतिशत सुटिङ पूरा भइसकेको छ। ​ फिल्मको टिजर २२ मार्च २०२५ मा सार्वजनिक गर्ने योजना रहेको छ।

जुन रजनीकान्तको जन्मदिनको १००औं दिनको अवसरमा हुनेछ। यसले प्रशंसकहरूमा थप उत्साह थपेको छ। ‘कुली’ २०२५ को मध्यतिर रिलिज हुने अपेक्षा गरिएको छ र यसले बक्स अफिसमा नयाँ कीर्तिमान स्थापित गर्ने विश्वास लिइएको छ।​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?