मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउडका चर्चित संगीतकार एआर रहमान अस्पताल भर्ना

काठमाडौँ – बलिउडका चर्चित संगीतकार एआर रहमान अस्पताल भर्ना भएका छन् । भारतीय मिडियाहरुक अनुसार रहमानलाई आइतबार बिहान चेन्नईस्थित अस्पताल भर्ना गरिएको छ ।

छातीमा दुखाइ महसुसपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ । हिन्दुस्तान टाइम्सका अनुसार रहमानको ईसीजी र इकोकार्डियोग्रामसहित परीक्षणपछि उनको मुटुमा समस्या देखिएको र एन्जियोग्राम हुन सक्ने उल्लेख छ ।

गत महिना, एआर रहमानले चेन्नईमा कन्सर्टमा एड शीरनसँग प्रस्तुति दिएका रहमान हालै फिल्म चावाको संगीत लन्चमा पनि देखिएका थिए ।

यसअघि रहमानकी पूर्व पत्नी सायरा बानोलाई पनि मेडिकल इमर्जेन्सीका कारण अस्पतालमा भर्ना गरिएको थियो र उनको शल्यक्रिया गर्नुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?