मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पीएम कपमा पुलिस क्लबको लगातार चौथो जित

काठमाडौँ – जारी पीएम कप अन्तर्गत नेपाल पुलिस क्लबले लगातार चौथो जित हासिल गरेको छ । शनिबार देउखुरी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रनले पराजित गरेको हो । पुलिस क्लबले दिएको २८९ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २६.१ ओभरमा अल ओत हुदै ९५ रन बनाएको थियो ।

मधेशका लागि दिपेश दासले सर्बाधिक ३१ रन बनाए भने रुपेश सिंहले १६ रन बनाएका थिए । त्यस्तै पुलिस क्लबका ललित राजबंशीले ५ विकेट लिएका थिए भने कुशल भुर्तेलले २ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै पुलिस क्लबले ४९।५ ओभरमा अल आउट हुँदै २८८ रन बनाएको थियो । पुलिस क्लबका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३६ बलमा ६३ रन बनाएका थिए भने आरिफ सेखले ५५ रन बनाए ।

त्यस्तै अर्जुन साउदले ४७ र दिलिप नाथले ४५ रन बनाएका थिए । त्यस्तै मधेश प्रदेशका बलर रुपेश सिंहले ४ विकेट लिए भने बिशाल पटेलले ३ विकेट लिएका थिए ।

यो जितपछि पुलिस क्लबको ४ खेलमा ८ अंक भएको छ र पुलिस अपराजित रहेको छ । त्यस्तै मधेश प्रदेशको भने यो दोस्रो हार हो । मधेशको ३ खेलमा एक जित र २ हारसहित २ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?