एजेन्सी। विक्की कौशल अभिनीत फिल्म छावा ले बक्स अफिसमा पुनः उछाल लिएको छ। पाँचौं शुक्रबार (होलीको दिन) फिल्मले ७.२५ करोड कमाउँदै कुल कमाई ५४६.७५ करोड पुगेको छ।
फेब्रुअरी १४ मा सिनेमाघरमा रिलिज भएको यो फिल्म २९ दिन भइसकेको छ । यसका बाबजुद चलचित्रले राम्रो कमाई गरिरहेको छ। लक्ष्मण उतेकरद्वारा निर्देशित यो फिल्मले तेस्रो र चौथो सातामा गिरावट बेहोरे पनि होलीको अवसरमा फेरि उचाइ लिएको देखिएको छ।
फिल्ममा विक्की कौशल बाहेक रश्मिका मन्दाना, अक्षय खन्ना, आशुतोष राणा र विनीत सिंहको महत्त्वपूर्ण भूमिका छ। फिल्ममा विक्कीले संभाजीको भूमिका निर्वाह गरेका छन् भने अक्षयले औरंगजेबको भूमिका निर्वाह गरेका छन्।
‘छावा’ को बक्स अफिस कलेक्सन यस्तो छ
पहिलो हप्ता: २१९.२५ करोड
दोस्रो हप्ता: १८०.२५ करोड
तेस्रो हप्ता: ८४.०५ करोड
चौथो हप्ता: ५५.९५ करोड
पाँचौं शुक्रबार (२९औं दिन): ७.२५ करोड
साथै कुल आम्दानी ५४६.७५ करोड गरेको छ भने घरेलु बक्स अफिस अहिलेसम्म ५३४.४५ करोड कमाइ गरेको छ भने तेलुगु १२.५५ करोडको ब्यापार गरेको छ।
यी फिल्मले छत्रपती शिवाजी महाराजका पुत्र छत्रपती सम्भाजी महाराजको जीवन कथा चित्रण गर्दछ। सम्भाजी महाराज मराठा साम्राज्यका दोस्रो राजा थिए। जसले आफ्नो पिताले सुरु गरेको स्वराज्यको अभियानलाई निरन्तरता दिए। यद्यपि उनलाई मुगल शासक औरंगजेबले पक्राउ गरे तर उनले सहन गरेको यातनाले उनको अडान र मराठा योद्धाको जुझारुपनलाई कमजोर पार्न सकेन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया