मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिन्धुलीमा नगरपालिकास्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु

सिन्धुली – नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमलामाई नगर समितिको आयोजनामा नगरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले शुभारम्भ गरे ।

उनले पहिलो पटक आयोजना गरिएको शिक्षकहरुको प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । प्रतियोगिताले शिक्षकहरूबीच आत्मीयता, सहकार्य र समझदारी बढाउँदै विद्यालय र समुदायमा सामूहिक भावना बलियो बनाउनेमा उनले विश्वास व्यक्त गरे ।

खेलकुदले स्वस्थ प्रतिस्पर्धा, अनुशासन, धैर्यता र परिश्रमको महत्व सिकाउने र यो विद्यार्थीका लागि पनि प्रेरणादायी हुने उनको भनाइ थियो । प्रतियोगिताले सकारात्मक सन्देश दिएको उनले उल्लेख गरे । “शिक्षकहरू पठनपाठनमा मात्रै सीमित छैनन् खेलकुद, नेतृत्व, र सामूहिक कार्यमा पनि अब्बल छन् भन्ने प्रतियोगिताले पुष्टि गर्छ”, उनले भने ।

प्रतियोगितामा कमलामाई नगरका ११ वटा टोली सहभागी भएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमलामाई नगरसमितिका अध्यक्ष दीपककुमार बुढाथोकीले जानकारी दिए । प्रतियोगितामा पहिलो हुनेले रु २० हजार, दोस्रो हुनेले रु १५ हजार र तेस्रो हुनले रु १० हजारका साथै पदक प्रदान गरिनेछ ।

प्रतियोगिताले विद्यार्थीलाई खेलप्रति आकर्षित गर्ने र खेल संस्कृतिको विकास गर्ने उनको भनाइ थियो । प्रतियोगिता सञ्चालनपछि विद्यालयस्तरमा खेल पूर्वाधारको विकास हुने आयोजकको अपेक्षा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?