काठमाडौँ। प्रायःजसो हामीले सुन्ने गरेका छौं : मलाई त कोलेस्ट्रोल भएछ, म त औषधी खाँदैछु ! त्यो कुरा मात्रै सुन्दा त यस्तो लाग्छ, मानौं कोलेस्ट्रोल भन्ने कुरा नै अत्यन्तै खतरनाक हो ।
शरीरमा यो हुनु नै हुँदैन, यो भयो भने स्वास्थ्यको लागि धेरै हानिकारक हुन्छ । त्यसैले कोलेस्ट्रोललाई मास्नको लागि औषधीको सेवन गरिहाल्नुपर्छ ।
अझै शरीरमा खराब कोलेस्ट्रोल बढ्यो भने मुटु रोग लाग्न सक्छ‚ जुन कोलेस्ट्रोल धेरै मात्रामा जनावरको उत्तम खानाबाट उपलब्ध हुन्छ। शरीर स्वस्थ हुन हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा पनि ठिक हुनुपर्छ। जसका लागि प्राकृतिक रूपमा हाम्रो शरीरमा आवश्यकताभन्दा बढी रहेको र खराब कोलेस्ट्रोल घटाउन यी उपाय दैनिक अपनाउन सके कोलेस्ट्रोलको मात्रा ठिक हुन्छ।
कोलेस्ट्रोल कम गर्ने प्राकृतिक उपाय
नियमित माछा खाने
माछामा ओमेगा–३ फ्याटी एसिड हुन्छ जसले कोलेस्ट्रोलको स्तर सन्तुलनमा राख्न मद्दत गर्छ। यसका लागि टुना, साल्मन, ट्रट र सार्डिन माछा खानु राम्रो हुन्छ।
दैनिक व्यायाम गर्ने
खराब कोलेस्ट्रोल घटाउने सबैभन्दा प्रभावकारी तरिका हरेक दिन व्यायाम गर्नु हो। यसका लागि दौड, हिँड्ने, पौडी खेल्ने, कार्डियो, योग र नृत्य जस्ता क्रियाकलाप दैनिक गर्न सकिन्छ। यसले हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा ठिक गर्न मद्दत गर्छ।
होल ग्रेन
हेर्दा आकर्षक बनाउनका लागि तथा ठूलो परिणाममा उत्पादन गर्नका लागि रिफाइन गरिएका वा मेशिनमा कुटिएका अन्नहरुभन्दा रिफाइन नगरिएका, घरमै ढिकी जाँतोमा कुटिएका, पिनिएका अन्नहरु स्वास्थ्यको लागि उत्तम मानिन्छ । खासगरी, स्वस्थ मुटुको लागि त रिफाइन नगरिएको अन्नहरुको सेवन नै उत्तम उपाय हो । त्यसबाहेक, त्यस्ता अन्नले शरीरमा खराब कोलेस्ट्रोल पनि बढ्न दिँदैन ।
चिया
कोलेस्ट्रोलको कुरा गर्दा चिया पनि एउटा उपयोगी खाद्यको रुपमा लिन सकिन्छ । खासगरी, दूध हालेको भन्दा पनि फिक्का वा हरियो चियाको सेवन कोलेस्ट्रोल घटाउनको लागि फाइदाजनक मानिन्छ । ठिक्क मात्रामा फिक्का वा हरियो चियाको सेवनले रक्तचापलाई सही राख्छ, शरीरमा हुने इन्फ्लेमेशनलाई घटाउँछ र मुटुसम्बन्धी समस्याहरुबाट पनि हामीलाई बचाउन सहयोगी भूमिका खेल्ने गर्छ ।
ओखर बदामहरु
ओखर तथा बदामका फाइदाहरु मनग्गे छन् । तीमध्ये पनि झट्ट हेर्दा मस्तिष्कको प्रतिरुप जस्तो देखिने, ओमेगा ३ लगायत शरीरका लागि बहुउपयोगी तत्वहरुले भरिपूर्ण ओखर अनि बदामहरुको सेवन खराब कोलेस्ट्रोल घटाउनका लागि सहयोगी सिद्ध हुन सक्छ । त्यसबाहेक, ओखर बदाम, काजु, पिस्ताहरुको सेवनले मुटु स्वस्थ राख्न पनि सहयोग गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया