मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिञ्जामा सञ्चालित स्वास्थ्य शिविरमा २७३ जना लाभान्वित

जुम्ला – सिञ्जा गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट २७३ जना लाभान्वित भएका छन् । वडा नं २ वडा अन्तर्गत विष्टवाडाको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

जनस्वास्थ्य कार्यालयको सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र पेस नेपालको समन्वय एवं गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बुधबार स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिए ।

नसर्ने रोगसम्बन्धी उच्च रक्तचाप, मधुमेह र महिलाको पाठेघरको क्यान्सरको जाँच गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए । सो निःशुल्क स्वास्थ्य शिविरबाट २११ महिला र ६२ पुरुषको स्वास्थ्य जाँच गरिएको छ ।

महिलाको पाठेघर परीक्षण १४४, रिङ पे्रसरी प्रयोग गरेका सात महिला र पाठेघरको अप्रेशन गर्नुपर्ने दुई महिला रहेको स्वास्थ्य शाखा संयोजक रोकायाको भनाइ छ । पाठेघरसम्बन्धी समस्या भई थप उपचार गर्न २६ महिलालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सिफारिस गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?