मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मृत्युअघि अवश्य गर्नुपर्ने महत्वपूर्ण कार्यहरू !

काठमाडौँ। हामीलाई थाहा छ, जब मनुष्यको जन्म हुन्छ तब उनको मृत्यु पनि अवश्य नै हुनेछ l भनिन्छ, जन्मसँगै मृत्यु पनि गाँसिएको छ l तर मनुष्य प्राणीले मृत्यु अघि गर्ने पर्ने केही यस्ता कार्य छन् l जसलाई गर्दा मृत्यु पश्चात् पनि पुण्य मिल्नेछ l त्यसैले चर्चा गरौँ मृत्यु अघि कस्ता कार्य गर्ने?

गङ्गा स्नान
हिन्दु धर्ममा गंगालाई केवल नदीको रूपमा मात्र नलिई देवीको प्रतीक पनि मानिन्छ । त्यसैले मानिसहरू गंगामा गएर स्नान गर्छन् l त्यसो गर्नाले मनुष्यको मोक्षको ढोका खुल्छ ।

तुलसी पूजन
धर्मशास्त्र अनुसार यदि विष्णुको पूजा गरिसके पश्चात् तुलसीको पुञ्ज आराधना गरेमा श्री हरी प्रसन्न भई केही शुभ फल प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ ।

भगवान् विष्णुको उपासना
हरेक हिन्दु धर्मवालीहरूले आफ्नो जीवनमा एक पटक भगवान् विष्णुको या उनको अवतारको पूजा आराधना गर्न अति आवश्यकता छ l भगवान् विष्णुको पुर्जा अर्चना गर्नाले जीवनमा आइपर्ने सङ्कट नाश हुने पुराणमा उल्लेख छ ।

एकादशी व्रत
धार्मिक ग्रन्थका अनुसार एकादशीको दिन व्रत बस्दा मुक्ति पाइने उल्लेख गरिएको छ l त्यस दिन व्रत बस्नाले जीवनमा एकाग्र शक्ति प्राप्त हुनका साथ साथै मृत्युपछि पनि पुण्य प्राप्त हुनेछ l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?