मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गल्तीले पनि यी समयमा नसुत्नुहोस्, स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ!

काठमाडौँ। मानिसहरूको प्रिय चिज भनेकै निन्द्रा हो l जसले हाम्रो दिनभरिको थकाई मेटाउनका साथसाथै प्राप्त मात्रामा आराम पनि प्रदान गने गर्छ l तर धर्मशास्त्र अनुसार सुत्दा आराम प्राप्त हुन्छ वा थकाई मेटिन्छ भन्दैमा जति खेर पाए त्यति खेर सुत्नु भने उचित हुँदैन l त्यसैले आउनुहोस् चर्चा गरौँ आखिर कस्तो समयमा चाही सुत्नु उचित हुँदैन त?

सूर्यास्त समयको सुताई :
शास्त्रका अनुसार सूर्यास्त अर्थात् सन्ध्याकालीन समयको सुताई अशुभ मानिन्छ । यस समय पूजा अर्चना गर्ने समय भएकाले यति बेला सुत्नु हुँदैन । जुन व्यक्ति साँझको समयमा सुत्छन् त्यस्ता व्यक्तिले सफलता पाउँन सक्दैनन् ।

सूर्योदय पछिको सुताई :
यदि तपाईँ धनकी देवी लक्ष्मीलाई प्रसन्न बनाउन चाहनुहुन्छ भने सूर्योदयपछि कहिल्यै पनि नसुत्नुहोस् l किनकि त्यस समयमा सुत्नाले भगवान् लक्ष्मी बेखुसी हुने शास्त्रमा उल्लेख छ । साथै यस किसिमको व्यक्तिहरूसँग जति नै पैसा भएता पनि सन्तुष्ट रहन सक्दैनन् र स्वास्थ्य पनि राम्रो हुँदैन ।

मध्यान्नको सुताई :
मध्यान्नमा पनि सुत्नु नहुने शास्त्रमा उल्लेख छ । सो समयमा सुत्नाले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्नका साथै पाचन प्रणालीमा पनि समस्या उत्पन्न हुने गर्छ । जसले गर्दा त्यस्ता व्यक्ति रोगी हुने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?