मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पूजा कोठामा यी मूर्ति र तस्बिर राख्नाले हुन सक्छ नकारात्मक प्रभाव!

एजेन्सी: घर भनेको चार वटा भित्ता, एउटा छानो र टेक्ने एउटा धरातल मात्रै होइन । यसले घामपानीबाट त जोगाउँछ नै विभिन्न विपत्ति र भयावह स्थितिमा साथ दिन्छ ।

तर जतिसुकै बलियो र रङ्गरोगनयुक्त घर बनाएता पनि यदि घरको वास्तु शास्त्र ठिक छैन भने तपाईँले आफ्नो सुरक्षार्थ खडा गर्नुभएको घर तपाइकै वैरी बनिदिन्छ । यस कारण पनि घर बनाउँदै हुनुहुन्छ या विभिन्न समयमा घरका विभिन्न बिघ्नबाधाहरू देखिने गरेका छन् भने तपाइले निम्न कुराहरूमा ध्यान दिनु उत्तम हुनेछ ।

नेपाली समुदायमा कुनै पनि व्यक्तिले घर निर्माण गर्नु महत्त्वपूर्ण उपलब्धि मानिन्छ । जिन्दगीभरको मिहेनत खर्चेर तपाईँ एउटा घर खडा गर्नुहुन्छ तर वास्तु शास्त्र सम्बन्धी ज्ञानको अभावका कारण घरले नै तपाईँलाई पिरोलिरहने गर्दछ ।

सर्वप्रथम हामीले जान्न जरुरी छ:

वास्तु शास्त्र के हो ?
वास्तु शास्त्र प्राचीन विज्ञान हो। वास्तुको अर्थ हुन्छ आवास गृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश। यसर्थ, “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरूप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ।

घर निर्माण गर्दा वास्तुको प्रभाव प्रत्येक स्थान एवं वातावरणमा पर्छ । यस कुराको वैज्ञानिक रूपमै प्रमाणित हुँदै जाँदा त्यसको प्रयोग संसारका विभिन्न स्थानमा भइरहेको छ । वास्तुशास्त्रका प्राकृतिक एवं वैज्ञानिक तथ्य आधुनिक विज्ञानको कसीमा पनि उत्तिकै लागू हुँदै छन् । वास्तुको वैज्ञानिक आधार भनेको प्रकृति, वातावरणमा रहने पञ्चतत्व, पृथ्वीको चुम्बकीय तरङ्ग एवं गुरुत्वाकर्षण शक्ति मात्र नभएर हाम्रो शरीरमा रहने चुम्बकीय ध्रुव, ऊर्जा शक्ति, सतह, उचाइ, ज्यामितीय आकार, चुम्बकीय दिशा, भौगोलिक दिशा, अंश विश्लेषण, सौर्य ऊर्जा, पृथ्वीको सूर्यलाई परिक्रमा गर्ने विशेषता आदि पनि हुन् ।

वास्तुअनुसार कहाँ-कहाँ के-के राख्ने ?
पछिल्लो समय नेपालमा महाभूकम्पको कारण घर पुनर्निर्माणको कार्यले तीव्रता पाइरहेको छ । कटि ठाउँमा घर पुनर्निर्माण भइसकेका छन् भने केही स्थानमा अझै पनि बाँकी नै छ ।

यदि तपाईँ नयाँ घर बनाउँदै हुनुहुन्छ या बनाएर भर्खरै सक्नुभएको छ भने वास्तुदोषलाई विशेष ध्यान दिनुहोला । घरको जग खन्नेदेखि झ्याल–ढोका राख्ने, आन्तरिक सजावटसम्म वास्तुअनुसार गर्नुहोला ।

वास्तुअनुसार बेड रुम, बाथरुम, किचेन, बैठक, अतिथि कक्ष, स्टोर रुम तथा भर्‍याङ आदि उचित ठाउँमा निर्माण गरे जीवनका हरेक क्षणलाई सकारात्मक बनाउन सकिन्छ ।
घरको मूल ढोका र कोठाहरू प्रशस्त प्रकाश छिर्ने गरी निर्माण गर्नुपर्छ । घर नजिकै ठुला बोट–बिरुवा, क्याक्टस आदि रोप्नुहुँदैन ।
उत्तर–पूर्व र दक्षिण–पश्चिम दिशा छाडेर भर्‍याङ बनाउनुपर्छ । भर्‍याङ उत्तर वा पश्चिम घुमेर वा टेकेर जाँदा धन नाश हुन्छ ।
भान्छामा ऐना राख्नुहुँदैन ।
घरमा टुटे फुटेका ऐना तथा बन्द भएका वा बिग्रिएका घडी राख्नुहुँदैन । ऐना तथा मुख धुने धारो उत्तर वा पूर्वको भित्तामा राख्नु उपयुक्त हुन्छ ।
कुनै पनि घरको मूल ढोका अर्को घरको मूलढोकाको सामुन्ने (अगाडि) हुनुहुँदैन ।
विद्यार्थीले पूर्व–उत्तर फर्केर पढ्नु उपयुक्त हुन्छ ।
बिमको ठिक तल बस्नु एवं सुत्नुहुँदैन ।
घरअगाडि तुलसीको बोट रोप्नु शुभ हुन्छ ।
दक्षिण–पश्चिम दिशा घरका ज्येष्ठ सदस्यका लागि लाभप्रद मानिन्छ ।
भर्‍याङमुनि पूजा कोठा तथा ट्वाइलेट बनाउनुहुँदैन ।
घर वा जग्गाको बिच भागमा रहेका इनार–कुवा आदि अशुभ मानिन्छन् ।
रङ्गको प्रयोग
वास्तु शास्त्रमा अनुसार घरको शोभा बढाउन र घरमा खुसियाली कायम गर्न रङ्ग निम्न कुराहरु ध्यानमा राखी घर बनाउनु पर्छ :

शयन कक्षमा गुलाबी, हल्का हरियो र हल्का निलो रङ्गको प्रयोग गरेको उचित हुन्छ
बैठक कोठामा पहेंलो, हरियो, निलो, हल्का खैरो रङ्ग प्रयोग गर्न उचित हुन्छ
भान्सा कोठामा पहेंलो, सेतो, सुन्तला, गुलाबी, रातो र चकलेट रङ्ग लगाउनु राम्रो हुन्छ
बाथरूमका लागि सेतो, खैरो, गुलाबी र फिक्का रङ्गहरु लगाउन उचित हुन्छ
घरको कुनै पनि स्थानमा कालो रङ्गको प्रयोग गर्नु उचित हुदैन
शयन कक्ष
शयन कक्ष अर्थात सुत्ने कोठा वास्तु शास्त्र अनुसार बनेको हुनुपर्दछ। यसो नभएमा राती सपना नराम्रो देखिने गरिन्छ।सयन कक्ष निर्माणमा निम्न कुराहरु ख्याल गर्नु पर्ने हुन्छ:

मुख्य शयन कक्ष दक्षिण भागमा बनाउनु राम्रो हुन्छ
पलंग स्थापना सुत्नेको शीर दक्षिण तर्फ हुने गरी गर्नुपर्छ
शयन कक्ष वर्गाकार हुनु राम्रो मानिन्छ भने कक्ष अनियमित आकारको हुनुहुदैन
शयन कक्षमा पूजास्थल राख्नुहुदैन
पलंगको अगाडी पट्टि ऐना राख्नुहुदैन
शयन कक्षमा राम्रा तस्बिर, फूलहरु र चित्रहरु राख्नु उचित हुन्छ
वास्तु शास्त्र अनुसार शयन कक्षमा एक्वैरियम हुनु राम्रो होइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?