मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मीमा यी खानेकुरा नखानुहोस्, स्वास्थ्यलाई गम्भीर असर पर्न सक्छ!

काठमाडौं। गर्मीको मोसममा धेरै मानिसलाई भोक नलाग्ने र निद्रा नआउने समस्याले सताउँछ । गलत खानपान पनि यसको कारण हुन सक्छ । पोषणयुक्त आहारको कमीले पाचन प्रक्रियामा गडबडी आउँछ अनि यही कारण निद्रा बिग्रिन्छ ।

यी चीजहरूले शरीरलाई शीतल त राख्न नै समग्र स्वास्थ्यमा पनि सुधार ल्याउँछ । तर, गर्मी मौसममा हामीले आफ्नो आहारमा केही चीजहरूलाई समावेश गर्नु हुन्न ।

यस्ता चिजले शरीरमा गर्मी बढाउने र डिहाइड्रेसनको समस्या गराउन सक्छ । गर्मी याम सुरु हुनै लागेको छ । यस्तो अवस्थामा, हामीले आफ्नो खानपानमा विशेष ख्याल राख्नु जरुरी छ । आजको यस लेखमा हामी गर्मी मौसममा खान नहुने केही खानेकुराबारे कुराकानी गर्न गइरहेका छौँ ।

जंग फूड:
हाम्रो जिब्रोमा जंक फूडको स्वाद गढिएको छ । छिटो, छरितो र मीठो खान्कीको रुपमा जंक फूड खान्छौं, जो बजारमा सजिलै उपलब्ध पनि हुन्छ । यद्यपि यस किसिमको खानेकुराले जिब्रोलाई क्षणिक लोभ्याए पनि शरीरलाई हानी गर्छ । अझ गर्मीको समयमा त जंक फूड विष समान हुन्छ । यसको सेवनले फूड प्वाइजनिङ समेत हुनसक्छ ।

मसालेदार खाना:

गर्मीमा मसालेदार चीजहरूबाट टाढा रहनु उचित हुन्छ । मसालेदार खानामा पाइने क्याप्साइसिनले स्वास्थ्यमा धेरै नराम्रो असर पार्छ । यसले निर्जलीकरण त गर्छ नै शरीरको तापक्रम पनि बढाउँछ, जसले गर्दा अपच र बेचैनी हुन्छ । 

ड्राइ फ्रूट्स:
शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्न सन्तुलित भोजनको आवश्यकता हुन्छ । यसका नियमित खानामा ड्राई प|mुट्स पनि सामेल गर्नुपर्छ । स्वास्थ्यका लागि यो फाइदाजनक छ । तर, गर्मी मौसममा भने होइन । किनभने यसले शरीरको तापक्रम वृद्धि गर्छ । यदि खाने नै हो भने, किसमिश जस्ता रसयुक्त ड्राइ फुड्स ठीक हुन्छ ।

तारेको खानेकुरा:
गर्मीमा बर्गर, समोसा र फ्रेन्च फ्राइज जस्ता तारेको खानेकुराबाट बच्नुपर्छ । यी खानेकुराहरूमा नुनको मात्र बढी हुन्छ जसले डिहाइड्रेसन बढाउँछ । गर्मीमा यी खानेकुरा पचाउन पनि गाह्रो हुन्छ । गर्मी मौसममा डिहाइड्रेसन र पाचन समस्याबाट बच्नको लागि भुटेको वा तारेको खानेकुराबाट टाढा रहनु उचित हुन्छ ।

कोल्ड ड्रिंक
चर्को गर्मीमा हामीलाई चिसो कोकाकोला, फ्यान्टा, पेप्सी घुट्क्याउन मन लाग्छ । यसले हाम्रो रहर पूरा भए पनि तिर्खा भने मेटिँदैन । यस्तो पेय गर्मीमा बढी खपत हुने भए पनि त्यसले शरीरलाई फाइदा गर्दैन । बरु कोल्ड डि्रंकको बदलामा सर्वत पानी, कागती पानी, मोही सेवन गर्नु राम्रो हुन्छ ।

कार्बाेनेटेड पेय पदार्थ:
गर्मीमा तनलाई चिसो राख्न मानिसहरू हल्का पेय पदार्थको सेवन धेरै गर्छन् । तर यस्ता पेयमा चिनीको मात्रा बढी हुन्छ । यसको अतिरिक्त, यसले निर्जलीकरण निम्त्याउँछ । डिहाइड्रेसनबाट बच्न यी पेय पदार्थहरूबाट टाढा रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?