काठमाडौँ – होलीमा खेल्ने रङ तीन प्रकारका हुन्छन्। एउटा पेस्टमा आउँछ, एउटा धूलो हुन्छ र एउटा पानीमा मिसाएर लगाउने हुन्छ। पेस्ट विभिन्न रङमा उपलब्ध हुन्छ। यस्ता रङमा विभिन्न रसायन हुन्छ, जसले छालामा मात्र नभई आँखा र मिर्गौलामा समेत गम्भीर असर पार्छ।
धूलो रङमा मेटलहरु राखिएको हुन्छ। त्यो बाहेक काँचको टुक्रा, सिलिकन पनि मिसाइएको हुन्छ। यसले पनि छालाका साथै मिर्गौला र कलेजो तथा आँखामा असर गर्छ। यस्ता रङले लगाउनेबित्तिकै भन्दा पनि शरीरमा दीर्घकालीन असर पार्छ।
खासगरी बच्चाहरुलाई बढी असर गर्छ। रङमा मिसिएका रसायनका कारण दम बढ्ने, मिर्गौला फेल हुने र क्यान्सरसम्म हुने खतरा रहन्छ। यति मात्र हाेइन्, होलीमा प्रयोग हुने हरेक रंगको आफ्नै विशेष अर्थ हुन्छ।
गुलालको प्रत्येक रंगको अर्थ के हो ?
यदि तपाईंले कसैलाई रातो गुलाल लगाउनुभयो भने यसले अर्को व्यक्तिप्रति प्रेम र ऊर्जा देखाउँछ। होलीको दिन, तपाईं आफ्नो पार्टनर वा आफ्नो नजिकको साथीलाई रातो रंगको गुलाल लगाउन सक्नुहुन्छ।
हरियो रङ
होलीमा हरियो रंग तपाईंको जीवनको नयाँ सुरुवात हो। यदि तपाईं कसैलाई आफ्नो साथी मान्नुहुन्छ तर तपाईंहरू बीच फाटो छ भने, सबै गुनासो बिर्सिएपछि, तपाईं उनीहरूलाई गुलाबी रंगको पाउडर लगाउन सक्नुहुन्छ।
नीलो रङ
नीलो रंगले स्थिरताको प्रतीक हो। हामी प्रायः यसलाई हाम्रा साथीहरू र सहकर्मीहरूको लागि प्रयोग गर्छौं।
पहेंलो रङ
होलीमा पहेंलो गुलाल लगाउनुको स्पष्ट अर्थ यो हो कि यसलाई शान्ति, खुशी र मानसिक विकासको प्रतीक मानिन्छ। तपाईं आफ्नो गुरु, शिक्षक वा आफ्नो परिवारको कुनै पनि ज्येष्ठ नागरिकको लागि होलीमा यो रंग प्रयोग गर्न सक्नुहुन्छ। यसले तपाईं आफ्ना ज्येष्ठ नागरिकहरूप्रति आदर र श्रद्धा देखाउँछ।
होली खेल्नुअघि र खेलेपछि के–के कुरामा ध्यान दिने ?
- कपालमा धेरै तेल लगाउने र कपाल राम्ररी बाँध्नुपर्छ।
- मुखमा मोस्चराइजर तथा सन्स्क्रिन क्रिम लगाउने।
- लामो समयसम्म रङ शरीरमा नराख्ने।
- होली खेलिसकेपछि रङ निकाल्न छालामा बेस्सरी रगड्नु हुँदैन। त्यसैले रङ खेल्नुअघि नै शरीरमा तेल लगाएर जानु उपयुक्त हुन्छ। यसले गर्दा रसायनले छालामा असर गर्न पाउँदैन र रङ छिटो निकाल्न पनि सहयोग गर्छ।
- रङ पखाल्न साबुनको प्रयोग गर्नुपर्छ।
- छाला चिलाउन वा पोल्न थाल्यो र आँखामा रङ पस्यो भने चिकित्सकको सल्लाह लिनुपर्छ।
- कतिपय केमिकलले नङ पाक्न पनि सक्छ। त्यसैले नेल पोलिस लगाउनुपर्छ।
- नुहाइसकेपछि पनि मोस्चराइज क्रिम लगाउनुपर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया