मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘मितज्यू’ बाट चलचित्रमा डेब्यू गर्दै तेरिया फौजा मगर

काठमाडौं। अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने फिल्म ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन् । 

भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपतमा डेव्यु गर्न लागेकी हुन्।

यसअघि तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा अभिनय गरेकी थिइन् । उनको प्रवेशसँगै सिनेमाको चर्चा बढ्ने देखिन्छ ।

जनक घर्ती मगरको लगानीमा निर्माण हुने सिनेमाका लागि दयाहाङले दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । उनीहरूले यसअघि यस वर्षको सुपरहिट सिनेमा ‘घरज्वाइँ’मा काम गरेका थिए । गत २८ असारमा प्रदर्शनमा आएको सिनेमाले ५१औँ दिन मनाउनुका साथै दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

आगामी वर्षको २७ चैतमा सिनेमाको प्रदर्शन मिति घोषणा भइसकेको छ । महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धनबहादुर राई हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?