काठमाडौं। चर्चित हाँस्य कलाकार किरण केसी ‘रातामकै’ र गायिका विनुशा राईको नयाँ गीति ‘झण्डै लडेको’ सार्वजनिक भएको छ ।
प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रहेको गीतमा श्याम महर्जनले संगीत दिएका छन् । विशन मानन्धरको एरेञ्ज छ ।
रंगीन पर्व होलीको छेकोमा रिलिज गरिएको भिडियोलाई रोमान्टिक कमेडी जनरामा ‘हाँस्य’ प्रधान र नृत्य प्रधान बनाइएको छ ।सार्वजनिक भिडियोमा हाँस्य कलाकारद्वय किरण केसी र दीपाश्री निरौलाले अभिनय गरेका छन् ।
किरण र दीपाको जोडीलाई निर्देशक जीवन शाहीले रमाईलो ढंगले भिडियोमा प्रस्तुत गरेका छन् । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोमा कोरियोग्राफी अनुप डंगोलको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया