मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टुसा उम्रेको गेडागुडी दिनहुँ खानाले स्वास्थ्यमा ९ अद्भुत फाइदा

टुसा उम्रेको गेडागुडीमा प्रशस्तै पाइने पौष्टिक तत्वहरूले हाम्रो शरीरका लागि फाइदाजनक हुन्छ। यसमा हुने फाइबरले गर्दा हाम्रो भोक पनि मेट्छ भने शरीरलाई प्रशस्तै ऊर्जा पनि प्रदान गर्दछ । टुसा उम्रेको गेडागुडी खानुका फाईदा यस प्रकार छन् :

१. पोषणले भरिपूर्ण
टुसा उमारेर खाइने गेडागुडीमा प्रोटिन, भिटामिन, मिनरल्स तथा एन्टिअक्सिडेन्ट को मात्रा वृद्धि हुन्छ, जसले शरीरलाई आवश्यक ऊर्जा दिन्छ।

२. पाचन प्रणाली सुधार
टुसाएका गेडागुडी पचाउन सजिलो हुन्छन्। यसमा भएका फाइबर र एन्जाइमहरू पाचनलाई सहज बनाउँछन्।

३. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
यसमा हुने भिटामिन ‘सी’, भिटामिन ‘ए’, जिंक, र आइरन ले शरीरको रोगसँग लड्ने क्षमतालाई बलियो बनाउँछ।

४. वजन घटाउन सहयोगी
टुसाएका गेडागुडीमा क्यालोरी कम र फाइबर उच्च मात्रामा हुने भएकाले तौल घटाउन चाहनेहरूका लागि राम्रो विकल्प हो।

५. मधुमेह नियन्त्रण
यसले रगतमा चिनीको स्तर सन्तुलित राख्न मद्दत गर्छ, जसले डायबिटिज भएका व्यक्तिहरूलाई फाइदा पुर्याउँछ।

६. मुटु स्वस्थ राख्छ
टुसा उमारेका गेडागुडीले कोलेस्ट्रोल घटाउने र रक्तचाप नियन्त्रण गर्ने भएकाले मुटु सम्बन्धी रोगको जोखिम कम गर्छ।

७. छाला र कपाललाई फाइदा
यसमा भएको भिटामिन ‘इ’, बायोटिन र एन्टिअक्सिडेन्ट ले छालालाई चम्किलो र स्वस्थ राख्छ भने कपाललाई मजबुत बनाउँछ।

८. हड्डी बलियो बनाउँछ
यसमा भएको क्याल्सियम, म्याग्नेसियम र फस्फोरस ले हड्डीको मजबुतीका लागि आवश्यक पोषण प्रदान गर्छ।

९. एनर्जी बूस्टर
टुसा उम्रेको गेडागुडीले शरीरलाई तत्काल ऊर्जा दिन्छ, जसले थकान कम गर्छ र शरीरलाई सक्रिय राख्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?