मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गायिका बबिना भट्टराईको नयाँ गीत “अल्लारे” सार्वजनिक

काठमाडौं। चर्चित गायिका र संगीतकार बबिना भट्टराईको नयाँ गीत “अल्लारे” सार्वजनिक भएको छ।

गीतमा गायिका भट्टराई स्वर र संगीत रहेको छ। गीतकार बि.बि. थापाको शब्दमा आधारित “अल्लारे” गीतको संगीत बबिना भट्टराईले नै तयार गरेकी छन्, र एरेन्ज रुविन कुमार श्रेष्ठले गरेका छन्।

गीतको भिडियोमा बीना राउतले अभिनय गरेकी छन्, जसमा “अल्लारे जोवन”को उन्माद र चुलबुलपना छमछम नाच्दै देखाइएको छ। कोरियोग्राफी राजिव करनले गरेका भिडियोलाई रोशन पुरीले निर्देशन गरेका छन्।

यस गीतलाई यूट्यूब च्यानल “नौलो डिजिटल” मार्फत प्रिमियर गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?