मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चाणक्यका जीवनोपयोगी वचन: जसले तपाईंलाई सही मार्गमा मार्गदर्शन गर्छ

काठमाडौँ। चाणक्य वा कौटिल्य तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए। उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए। उनी राजनीति र कूटनीतिका ज्ञाता थिए।

उनले अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए। मुद्राराक्षसको अनुसार चाणक्यको वास्तविक नाम विष्णुगुप्त थियो। चाणक्यको रीति-नीति र धर्म सम्बन्धी व्याख्या यति गहिरो र अचुक छ कि, जसले हर-कोहीलाई जीवन जिउने सही बाटो देखाइदिन्छ ।

खराब मित्र

जो मित्र आफ्नो अगाडि मिठो कुरा गर्छ तर पछाडि भने कुरा काट्न थाल्छ, त्यस्तो मित्रलाई तुरुन्तै त्याग्नुपर्छ ।

कमजोर चरित्रका साथी

आत्माले कमजोर र चरित्रले दुर्बल व्यक्तिसँग कहिल्यै मित्रता गाँस्नु हुँदैन ।

बर्तमानलाई श्रेष्ठ बनाउनुहोस्

चाणक्य भन्छन्, जुन समय बितेर गयो, त्यसको पछुतो गर्नुको कुनै आवश्यक छैन । यदि बितेका दिनहरुमा कुनै गल्ती भए त्यसबाट पाठ सिकेर वर्तमानलाई श्रेष्ठ बनाउने कोसिस गर्नुपर्छ ।

त्यो धनमा लोभ नगरौं

जुन धन असाध्यै कठिनतासाथ् प्राप्त हुन्छ, जुन धन पाउनका लागि सत्रुको चाकडी गर्नुपर्छ, त्यस्तो धनमा कुनै मोह गर्नुहुँदैन ।

यदि कुनै काम आरम्भ गर्ने हो भने

यदि कुनै काम आरम्भ गर्ने हो भने तीन वटा कुरामा ध्यान दिनुपर्छ । पहिलो कुरा, तिमी के गर्न चाहन्छौं ? त्यस कामको नतिजा के हुनसक्छ ? के यसबाट तपाईंलाई सफलता मिल्छ ?

सजग हुनु

सर्प यदि विषालु छैन भने पनि त्यसले डर देखाउँछ । यद्यपि कसैले आफुलाई कमजोर सम्झेर आफुमाथि हावी हुने कोशिश गरेमा उसलाई महसुष गराउनुपर्छ कि, म कमजोर छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?