मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गौतम बुद्धका १६ प्रेरणादायी भनाईहरु

काठमाडौं। भगवान् सिद्धार्थ बुद्ध बुद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ ।

गौतम बुद्ध गौतम गोत्रमा आजभन्दा ५ सय ६३ इसाईपूर्वमा नेपालको लुम्बिनीमा जन्मिएका थिए । बोधि अर्थात् अन्तिम सत्यको साक्षात्कार गरेको हुनाले उनलाई बुद्ध भनिएको हो ।

उनले राजकुमार भएर पनि राज्यको सुखसयल त्यागेर जप,तप र साधनाको लागि हिँडेका थिए । उनको बास्तविक नाम सिद्धार्थ गौतम थियो । वैशाख शुक्ल पूर्णिमाको दिन पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट उनी जन्मिएका थिए ।

गौतम बुद्धका महान भनाईहरु

-हामी जे सोच्छौँ त्यहि बन्छौँ ।
-सबै भन्दा अध्याँरो रात अज्ञानता हो ।
-खोक्रा शब्दहरु भन्दा शान्ती दिने एक शब्द नै उत्तम हुन्छ ।
-जो मुर्ख साचाे धर्म जान्दैन त्यसका लागि जीवन लामो हुन्छ ।
-आफैलाई जित्नु अरुलाई जित्नुभन्दा ठूलो काम हो ।
-एक जग पानी थोपा-थोपा मिलेर भरिन्छ ।
-जसले अर्काको ईष्या गर्छ त्यसले मनको शान्ती पाउँदैन ।
-रिस पालेर राख्नु भनेको विष पिएर अरु मर्ने आश गर्नु हो ।
-अरुको बाटो उज्यालो बनाएपछि मात्र तपाईको पनि बाटो उज्यालाे हुन्छ ।
-प्रयोग नगरुन्जेलसम्म तपाईले बोलेका,सिकेका र पढेका वाक्य बेकार हुन्छन् ।
-शान्ती मन भित्रैबाट आउँछ, बाहिर नखोज्नुहोस् ।
-खुसी आफूसित धेरै हुनुमा होइन बाँड्नुमा धेरै खुसी मिल्ने गर्छ ।
-लक्ष्यमा पुग्नुभन्दा जरुरी भनेको राम्रोसँग यात्रा गर्नु हो ।
-हरेक मानिस आफ्नो रोग र स्वास्थ्यको रचना आफैले गर्छ ।
-जुन बेला तपाईले सबै सहयोग अस्वीकार गर्नुहुन्छ त्यो बेला तपाई मुक्त बन्नुहुन्छ ।
-शरीरलाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो किनभने शरीर स्वस्थ नभए हाम्रो मन स्पष्ट र मजबुत हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?