मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घरमा साङ्लाको आतङ्क सताएको छ ? अपनाउनुहोस् यी प्रभावकारी घरेलु उपाय

काठमाडौं। के तपाइको घरमा साङ्ला सताएर हैरान हुनुहुन्छ । अब चिन्ता नालिनिहोस् हामीले यसको सरल उपाए तपाईलाई दिदै छौं ।सामान्यतया घरमा ओसको मात्रा बढी हुँदा साङ्लाहरुलाई रहन वा बच्न सहज हुन्छ ।

गर्मी सिजन सुरु भएपछि यसैपनि खानपानमा सर्तकता अपनाउनुपर्छ । खानेकुरा चाँडै सड्ने गर्छ । त्यसमथि झिँगा र साङ्लाले खानेकुरा दूषित बनाइदिन्छ । झिँगा त नियन्त्रण गर्न सकिन्छ तर साङ्ला फैलिएपछि नियन्त्रण गर्न गाह्रो हुन्छ ।

साङ्लाहरुको आवास भनेकै भान्साको आसपास खाने कुरा भएको ठाउमा नै हुने गर्दछ । बजारमा साङ्ला भगाउन भनौ या मार्नका लागि बजारमा अनेक तरहका रसायनिक औषधि पाइन्छन् । तर, यी औषधीहरु स्वास्थ्यका लागि हानिकारक हुन्छन् । यदि घरमा साना बच्चा छन् भने रासायनिक औषधि होइन, घरेलु उपाय नै अपनाउनु बुद्धिमतापूर्ण कार्य हुन्छ ।

साङ्लाबाट कसरी बच्ने ?

-ल्वाङको गन्ध पनि साङ्लालाई मन पर्दैन । साङ्ला आउने ठाउँमा ल्वाङका कल्लीहरू राख्नुस् ।
-मट्टीतेल, नीम, पुदीना र कफीले पनि साङ्लालाई भगाइदिन्छन् ।
-साङ्लोबाट मुक्ति पाउने पहिलो उपाय भनेको घरको सरसफाई हो । सफा र उज्यालो स्थान यसको लागि अनुकूल हुँदैन ।
-एउटा कचौरामा बराबर मात्रामा बेकिङ पाउडर र चिनी मिसाउनुस् । अब त्यसमा पानी हाल्नुस् । त्यसपछि यो मिश्रणलाई साङ्ला भएका ठाउँमा छर्किनुस् । चिनीको मिठासले उनीहरूलाई लोभ्याउँछ अनि बेकिङ पाउडरले मारिदिन्छ ।
-खानाको स्वाद बढाउन प्रयोग हुने तेजपातको गन्ध साङ्लालाई पटक्कै मन पर्दैन । त्यसैले साङ्ला जम्मा हुने ठाउँमा तेजपात पिँधेर राखिदिनुस् । यसो गर्दा साङ्लाहरू भाग्छन् । तेजपातको गन्ध हराएपछि नयाँ तेजपात राख्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?