काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य सामान्य वृद्धि हुँदै १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको हो । यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १ हजार ९८५ रुपैयाँमै कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मुल्य तोलाको १ हजार ९८५ रुपैयाँमै कारोबार भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया