मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी जातिका महिलालाई नुहाउन निषेध!

एजेन्सी। यो दुनियाँमा मानिसहरूको आ – आफ्नै अनौठो परम्पराहरु हुन्छन् । यस्तै अनौठो परम्परा अफ्रिकाको उत्तरी नामिबियाको कुनैन प्रान्तमा छ । जहाँ यहाँका महिलाहरूलाई नुहाउने अनुमति छैन । यस प्रान्तमा हिम्बा जनजातिको मानिसहरू बसोबास गर्छन् ।

यस जातिका महिलाहरूलाई कहिल्यै नुहाउने अनुमति छैन । यति मात्र नभई यी महिलाहरूले हात धुन समेत पानीको प्रयोग गर्न पाउँदैनन् । तर अफ्रिकामा यस जातिका महिलाहरूलाई सबैभन्दा सुन्दर महिलाहरू मानिन्छ । हिम्बा जनजातिका महिलाहरूले आफ्नो सरसफाईको लागि विशेष तरिका अपनाउने गर्दछन्  ।

उनीहरूले विशेष प्रकारको जडीबुटिलाई पानीमा उमालेर त्यसको धुवाँबाट आफ्नो शरीर ताजा बनाउँछन् । जसले गर्दा शरीरको गन्ध हट्नुको साथै राम्रो बास्ना आईरहन्छ । उनीहरूले आफ्नो छालालाई घामबाट बँचाउनको लागि लोसन लगाउँछन् । जुन विभिन्न जनावरको बोसो र हेमाटाइटको धुलोबाट बनाइएको हुन्छ । त्यस कारण यस जातिका महिलाहरू कहिले ननुहाए पनि सफा र सुन्दर देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?