मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शरीरमा होमोग्लोबिनको कम हुँदा के हुन्छ ?

काठमाडौँ। धेरै प्रकारका पोषक तत्वहरूले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छन् । यी पोषक तत्वहरू मध्ये होमोग्लोबिन पनि एक हो । (Hemoglobin Food increase) हेमोग्लोबिनको कमीले शरीरमा धेरै समस्याहरु सृजना हुन सक्छन् ।

यदि शरीरमा होमोग्लोबिन घटेको छ भने बुझ्नुहोस् रगत पनि घटेको छ । यस्तो अवस्थामा रगतको कमीले हुने सबै रोगका लागि होमोग्लोबिन जिम्मेवार हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर लगभग ३० प्रतिशत व्यक्ति एनीमिया अर्थात् रगतको कमीबाट ग्रसित हुन्छन्। यो यस्तो स्थिति हो जसमा शरीरको रातो रक्त कोशिकाहरुमा खनिज पदार्थको कमी हुन जान्छ जसका कारण कोशिकासम्म थोरै मात्रामा मात्र अक्सिजन पुग्छ। तर उक्त स्थितिको जाँच र उपचार भने स्वयं गर्नु  हुँदैन। किनभने यसप्रकारको लक्षण अर्को समस्याको कारण पनि हुन सक्छ भने अतिरिक्त आइरन खानाले कलेजोमा समस्या हुन सक्छ।

शरीरमा कति हुनुपर्छ होमोग्लोबिन ?

सामान्य पुरुषको शरीरमा प्रति डेसिलिटर १३।५(१७।५ ग्राम होमोग्लोबिन हुनुपर्छ। महिलामा होमोग्लोबिन १२।० देखि १५।५ ग्राम प्रति डेसीलिटर हुनुपर्छ । यदि शरीरमा होमोग्लोबिनको मात्रा कम छ भने थकान तथा सास फेर्न गारो हुने जस्ता लक्षण देखिन्छन् ।

होमोग्लोबिन किन कम हुन्छ ?

शरीरमा रगतको मात्रा घट्दा होमोग्लोबिन पनि घट्छ । यसका पछाडि धेरै कारण छन् । महिलाहरु प्रायः गर्भावस्था र महिनावारी को समयमा रक्तअल्पता बाट ग्रस्त हुन्छन् । त्यसैले डाक्टरहरूले गर्भवती महिलाहरूलाई पालुगों, चुकन्दर तथा हरियो तरकारीहरु खान आग्रह गर्छन् । आइरनको कमी, लिम्फोमा, सिरोसिस, एड्स, क्यान्सर, अल्सर, सिकलसेल एनिमिया, रक्तचाप, पिसाबमा रगत, शरीरबाट अत्याधिक रगत बग्नु, क्षयरोग आदिका कारण शरीरमा होमोग्लोबिनको कमी हुन्छ ।

कम होमोग्लोबिनको लक्षण

शरीरमा होमोग्लोबिनको कमी हुँदा धेरै प्रकारका लक्षण देखिन्छन् । जस्तैः टाउको दुख्ने, छाती दुख्ने, चिसो लाग्ने, रगतको कमी हुने, हात खुट्टा कडा हुने, मुटुरोग, कलेजो र मृगौला फेल हुने आदि । यस बाहेक चक्कर लाग्ने, घबराहट, कमजोरी, थकान, हात ( खुट्टा चिसा हने जस्ता समस्या पनि हुनसक्छन\ ।

होमोग्लोबिन कम हुँदा के गर्ने ?

होमोग्लोबिनको कमीको लक्षण देखिए तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ। होमोग्लोबिनको कमीलाई कम गर्न डाक्टरले उपयुक्त सल्लाह दिनेछन । यदि होमोग्लोबिन धेरै कम छ भने रगत पनि चढाउनुपर्ने हुन सक्छ ।

होमोग्लोबिन बढाउन के खाने ?

यदि सामान्य अवस्थामा हुनुहुन्छ र आफ्नो शरीरमा होमोग्लोबिनको मात्रा सन्तुलित राख्न चाहनुहुन्छ भने, आफ्नो खानामा केही विशेष चीजहरू समावेश गरेर होमोग्लोबिनको मात्रा बढाउन सकिन्छ । होमोग्लोबिनको कमी भए केरा, अनार, नरिवलको पानी, तरबूजा , स्ट्रबेरी, स्याउ आदि खानुपर्छ । यसका अतिरिक्त पालक, चुकन्दर तथा हरियो तरकारी नियमित सेवन गर्नुपर्छ । यी चिजको नियमित सेवन गरे शरीरमा होमोग्लोबिनको कमी हुन पाउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?