काठमाडौँ – न्यूजील्याण्डले च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलाई २५२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २५१ रन बनाएको हो ।
न्यूजील्याण्डका लागि डार्यल मिचेलले सर्बाधिक ६३ रन बनाए भने माइकल ब्रासवेलले अविजित ५३ रन बनाएका थिए । त्यस्तै रचिन रविन्द्रले ३७, ग्लेन फिलिपले ३४, विल योंगले १५, टम लाथमले १४ रन बनाएका थिए ।
त्यसैगरी भारतीय बलरवरुण चक्रवर्ती र कुलदीप यादवले २-२ विकेट लिए भने मोहमद शामी र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया