मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युगाण्डाविरुद्ध नेपालको संघर्षपूर्ण एक विकेटको जित

काठमाडौँ – नेपालले युगाण्डालाई पराजित गरेको छ । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिजमा नेपालले आयोजक युगाण्डालाई एक विकेटले पराजित गरेको हो ।

युगान्डाले दिएको ७६ रनको लक्ष्य पछाएको नेपालले १९।५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युगाण्डाले २० ओभरमा ७ विकेट गुमाउदै ७५ रन बनाएको थियो ।

यस सिरिजको दोस्रो खेलमा नेपालको यो पहिलो जित हो । शनिबारदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो । अब नेपालले अर्को खेल सोमबार हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?