काठमाडौं। के तपाईं बस्दा वा पल्टिँदा खुट्टा हल्लाइरहनुहुन्छ भने यो रेस्टलेस सिन्ड्रोम हो । शरीरमा आइरनको कमी भएमा यस्तो लक्षण देखिन्छ ।
रेस्टलेस सिन्ड्रोमएक प्रकारको स्नायु प्रणालीको रोग हो । खासमा खुट्टा हल्लाउँदा शरीरमा डोपामाइन हर्मोन उत्पादन हुन्छ । जसकारण व्यक्तिलाई घरिघरि हल्लाउन मन लागिरहन्छ । डोपामाइनले मानिसको मष्तिकमा सुखको अनुभूति दिलाउँछ । शरीरमा आइरनको कमी भएमा यो सिन्ड्रोम देखापर्छ ।
अमेरिकाको हार्वर्ड मेडिकल स्कूलका प्राध्यापक डा डब्ल्यू किंकम्यानका अनुसार, यो रोगबाट पीडित व्यक्ति निद्रा आउनुभन्दा अघि ३०० चोटिसम्म गोडा हल्लाउँछ । अनुसन्धानकर्ताहरूले स्पष्ट रूपमा भनेअनुसार, लगातार खुट्टा हल्लाउँदा हृदयघातको सम्भावना बढ्छ ।
गोडा धेरै हल्लाउनु रोगको लक्षण
-अत्यधिक चिन्ता लिने व्यक्तिको पनि गोडो अनायासै धेरै हल्लिन्छ।
-त्यस्तो औषधि सुत्नुभन्दा दुई घन्टाअघि लिनुपर्छ। औषधिले अनिद्रा हटाएर स्थितिलाई सामान्य बनाउँछ ।
-हट एन्ड कोल्ड बाथ, भाइब्रेटिङ प्याड जस्ता व्यायामले पनि राहत दिलाउँछन्।
-मानिसहरू यसलाई सामान्य रूपमा लिन्छन् । अलिक ध्यान पु–याउने हो भने यस रोगबाट बच्न सकिन्छ।
-यसको उपचारमा आइरन चक्कीहरू दिइन्छ । समस्या गम्भीर भएको रहेछ भने अन्य औषधि पनि दिइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया