मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आँखा फर्फराउने रहस्य:  यस्तो छ वैज्ञानिक र धार्मीक कारण

काठमाडौँ। ज्योतिषका अनुसार हाम्रो शरीरको हरेक फरफराएको अंगले कुनै न कुनै संकेत दिने कोशिश गर्दछ । जब हाम्रो आँखा फर्फराउँछ तब यस अवस्थामा ज्योतिष शास्त्रका अनुसार हाम्रो शरीरले हामीलाई शुभ र अशुभ संकेत दिइरहेको हुन्छ ।

शुभ र अशुभ महिला र पुरुषको आँखा अनुसार पत्ता लाग्छ । शास्त्रमा महिला र पुरुष दुवैको अलग-अलग पक्षको आँखा फरफराउने स्थितिमा निर्भर गर्छ कि कुन पक्षको आँखा फर्फराउनु महिला र पुरुषको लागि शुभ हुन्छ । यसकारण आज यहाँ कुन आँखा फर्फराउनुको अर्थ शुभ या अशुभ हो भन्ने विषयमा चर्चा गरिएको छ ।

यस्तै पुरुषको बायाँ आँखा फर्फराउँदा अशुभ मानिन्छ भने महिलामा भने विशेष लाभ वा शुभ योगको संकेत मानिन्छ । महिलाको बाँया आँखा फर्फराएमा सुनचान्दी लगायत गहना वा कारोबारमा लाभ मिल्ने मान्यता छ ।तर सबै बेला आँखा फर्फराउनुमा शुभ संकेत नहुन पनि सक्छ । वैज्ञानिक कारण अनुसार आँखा फर्फराउनुमा निम्न कारण हुनसक्छ ।

-आँखामा मांसपेशी सम्बन्धित समस्या हुँदा आँखा फर्फराउन सक्छ । लामो समयदेखि आँखामा यस प्रकारको समस्या देखिए आँखाको जाँच गर्नु पर्दछ ।
-कतिपय अवस्थामा तनावका कारणले पनि आँखा फर्फराउन सक्छ । तनाव हुदाँ पूर्ण निन्द्रा नपुग्दालगायत कारणले यो समस्या हुन सक्छ । तसर्थ पूर्ण निदाउने प्रयास गर्नु पर्दछ ।
-अत्यधिक थकान भए आँखामा समस्या भई यो समस्या हुन सक्छ । यसबाहेक आँखामा हुने थकान वा कम्यूटर, ल्यापटपमा बढी समय काम गर्दा पनि यस्तो समस्या देखिन्छ ।
-आँखामा सुख्खापन भएमा पनि आँखा फर्फराउने समस्या हुन सक्छ । यस अलावा आँखामा एलर्जी भइ पानी आए, चिलाएमा पनि यो समस्या हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?