मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता तस्बिर जति नै आकर्षक भए पनि कहिल्यै घरमा नल्याउनुहोस्!

काठमाडौँ। प्राय: जसो सबै जना घरको साज–सज्जामा सौखिन हुन्छन् । विभिन्न तरिकाबाट अझ घरका विभिन्न कोठामा सजाउनु मानिसको सौख नै हुन्छ ।

जसमा मानिसहरु ठूला–ठूला तस्बिरहरु ल्याएर राख्ने गर्छन् । तर, सबै तस्बिर कोठामा सजाउन योग्य नहुन पनि सक्छन् । कुनै तस्बिरले मानिसमा सकारात्मक उर्जा पैदा गराउँछ भने कुनै तस्बिरले जीवनका हरेका मोडमा नकारात्मक असर पार्छ ।
बजारमा भेटिने हरेक सुन्दर तस्बिरले घर सजाउन हुँदैन । केही यस्ता तस्बिर जसले घरमा अशुभ गराउँछ:

– यदि कुनै तस्बिरमा पानी बगिरहेको छागा लहराइरहेको हुन्छ भने त्यस्ता तस्बिर घरमा नल्याउँनुनै बेश हुन्छ । किनकी जसरी पानी बगिरहेको हुन्छ तब घरमा रहेको पैसा पनि विना कारण खर्च भइरहने हुन्छ ।

– डुबिरहेको वा डगमगाइरहेको डुङ्गाको तस्बिर घरमा राख्नुहुँदैन । किनकी हरेक दिन यस्तो तस्बिर हेर्दा मानिसमा गहिरो असर पर्ने हुनाले भाग्यमा बाधा पुग्न सक्छ ।

– बजारमा केहि यस्ता तस्बिर भेटिन्छन् जसमा महाभारत युद्धको दृश्य कैद भएको हुन्छ । उक्त तस्बिर राखेमा व्यक्ति आक्रामक हुने र रिसालु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?