काठमाडौं – खान नपाएर भन्दा खान नजानेर कुपोषणको शिकार हुने, विभिन्न रोगब्याधको शिकार हुने, मोटोपना, ज्यान जोखिम र मृत्युसमेत हुनसक्ने खतरा रहन्छ । त्यसमाथि हाम्रो आहारविहारको शैली र खानेकुरा पनि स्वस्थ्यकर छैन ।
यहाँ हामीले केही खानेकुराहरु उल्लेख गरेका छौं जुन कुरामा पोषकतत्व त भरपुर पाईन्छ तर एकैपटक भने खानु हुँदैन ।
– बाँसको तामा सँगै मह, दुध खान हुँदैन यसले वीर्य नास गर्छ ।
-हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुँदैन ।
-दूधको साथमा बटर, काँचो केरा, आँप, जामुना, ओखर, नरिवल खानु हुदैन ।
-दूधको साथमा घ्यू अन्डा, रुखकटहर, कोदाको ढिंडो र फापरको ढिडो खानु हुँदैन ।
-दूधसँगै कहिले पनि कागती वा अमिलो सुन्तला खानुहुँदैन ।
-माछा र सक्खर सँगै खानुु हुँदैन ।
-परेवाको मासु, दूध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ ।
-भटमास र दूध एकैसाथ खाएमा पत्थरी हुनसक्छ । करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।
-दहीसँग खिर, पनिर, तातो पदार्थ र पानीको अधिक मात्रा भएका फलहरु जस्तै खरवुजा, काँक्रो, टमाटर, भुँइकटर तरबुजा आदि कहिल्यै पनि खानुहुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया