मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पूर्वयुवराज पारस शाह ४ दिनपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं। अस्पताल भर्ना भएको चार दिनपछि पूर्वयुवराज पारस शाहलाई डिस्चार्ज गरिएको छ। उनलाई आइतबार राती हृदयघात भएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज डिस्चार्ज गरिएको हो। उनको उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टोली सहभागी थियो।

पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो । यसअघि उनलाई २०७५ माघ महिनामा हृदयाघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो । त्यसअघि पनि थाइल्यान्डमा रहँदा र अर्को एक पटक पनि हृदयाघात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?