मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी चार राशिका व्यक्तिहरूमा पाइन्छ असामान्य र अद्भुत क्षमता

काठमाडौँ। ज्योतिष शास्त्रले मानिसको जन्म समयलाई लिएर विभिन्न फलादेश गर्दछ । जन्म समयकै आधारमा उसको राशि हुन्छ । तपाईमाथि ग्रह, नक्षेत्रको के कस्तो प्रभाव परेको हुन्छ यस विषयमा राशिले स्वतः दर्शाउँछ । तपाईका कतिपय गोप्या कुराको खुलासा पनि तपाईको जन्म कुण्डलीबाट थाहा पाउन सकिन्छ ।

विश्व मानव समुदायले नै विज्ञानको रुपमा स्वीकारेको ज्यातिष शास्त्रले एउटा कुराको खुलासा गरेको छ। हरेक मानिसको व्यवहार फरक–फरक हुने गर्छ।

तर, त्यसमध्ये पनि ४ वटा राशि यस्ता छन्, जो वास्तवमै धेरै बलिया हुन्छन् । यी राशिहरु यती बलवान हुन्छन् की, त्यहाँ अरुले दबिएर बस्नुपर्ने बाध्यता हुन्छ ।

मेष राशि

यो श्रेणीमा सबैभन्दा पहिलो नम्बरमा मेष राशि छ । जो राशि अन्य सबै राशिभन्दा उर्जावान मानिन्छ । यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छ, रोक्नु यीनिहरुको स्वभामा हुँदैन् । यदी कसैले यो राशिका मानिसहरुलाई दिक्क बनाउँछ भने उनीहरुले त्यसको वास्ता गर्न छाडिदिन्छन् । मेष राशिका मानिसहरु कसैमाथि भरोसा गर्दैनन् ।

बृश्चिक राशि

बृश्चिक राशिका मानिसहरु समर्पित र इमान्दार हुन्छन् । साथै यस राशिका व्यक्तिहरुको भित्र विद्रोही भावना पनि प्रमुखताका साथ हुन्छ । जो मानिसहरु योग्य हुन्छन्, उनीहरुसँग यस राशिका व्यक्ति इमान्दारी निभाउँछन । तर, जो व्यक्तिहरु खुद धोकेबाज हुन्छन् ती व्यक्तिहरुले भने यस राशिका व्यक्तिबाट सदैव सावधान रहनु जरुरी हुन्छ ।

यो राशिका मानिसहरु धेरै भावुक पनि हुन्छन् । जसकारण कहिलेकाँही यीनिहरुलाई सहन मुस्किल पनि हुन्छ । बृश्चिक राशिका मानिसहरुमा भविष्यका सम्भावित घटनाबारे थाहा पाउने अद्भुत क्षमता हुन्छ ।

कुम्भ राशि

कुम्भ राशि भएका मानिसहरुको सबैभन्दा ठूलो विशेषता भनेको के हो भने उनीहरु भावनामा बगेर कुनै निर्णय गर्दैनन् । यदी जरुर पर्यो भने यिनीहरु आफ्नो भावन र समवेदनाहरुको पनि वास्ता नगरी अगाडि बढ्न सक्छन् । कुम्भ राशिका मानिसहरु धेरै रोचक र जिज्ञासु हुन्छन् । यिनीहरु बुद्धिमान पनि मानिन्छन् । जिद्धी स्वभावका हुनुका साथै आत्मविश्वासी पनि हुन्छन् ।

मकर राशि

यो राशि सबैभन्दा उत्कृष्ट राशि मानिन्छ, किनभने यो राशिका मानिसहरुमा आत्म नियन्त्रणको भावना धेरै प्रबल हुन्छ । अन्य राशि भएका व्यक्तिको मकर राशिवालाहरुमा उत्कृष्ट तरिकाले सोच्ने र सम्झने क्षमता हुन्छ । यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छन् । मकर राशिका मानिसहरुमा आत्मविश्वास धेरै नै हुन्छ । जस कारण यो राशिका मानिसहरु धेरै छिटो सफलता हासिल गर्न सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?