काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीनसय रुपैयाँ बढेर एक लाख ७० हजार सात सय रुपैयाँ पुगेको छ । बुधबार सुनको मूल्य प्रतितोला नौसय रुपैयाँ बढेर एक लाख ७० हजार चारसय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँ बढेर १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला एक हजार नौसय ५० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया