काठमाडौँ। बलिउड अभिनेता विक्की कौशलको ऐतिहासिक ड्रामा फिल्म ‘छावा’ बक्स अफिसमा शानदार कमाइ गर्दै ५०० करोड क्लब नजिक पुगेको छ।
बक्स अफिसमा रिलिज भएको तेस्रो सोमबार अर्थात् १८ औँ दिन ‘छावा’ले ८.५० करोड भारु कलेक्सन गरेको छ । यससँगै फिल्म ५ सय करोड कमाउनबाट थोरै मात्र टाढा छ ।
रिलिजको पहिलो तीन दिनमै फिल्मले १०० करोडभन्दा बढी व्यापार गरेर इतिहास रचेको थियो। ‘छावा’ले ३१ करोड भारु कमाउँदै आफ्नो ओपनिङ गरेको थियो।फिल्मले पहिलो हप्तामा २१९.२५ करोड भारु कमाएको थियो भने दोस्रो हप्तामा १८०.२५ करोड भारु कलेक्सन गरेको थियो।
यो फिल्म छत्रपती शिवाजी महाराजका पुत्र सम्भाजी महाराजको जीवनमा कथामा आधारित रहेको छ।यस फिल्ममा विक्की कौशलको दमदार अभिनय रहेको छ। फिल्ममा विक्की कौशलसँगै रश्मिका मन्दना, आशुतोष राणा, र दिव्या दत्तलगायत कलाकारको अभिनय रहेको छ।
त्यस्तै,
- १५औँ दिन: १३ करोड
- १६औँ दिन: २२ करोड
- १७औँ दिन: २२ करोड
- १८औँ दिन: ८.५० करोड
यससँगै ‘छावा’को कुल कमाई १८ दिनमा ४६७.२५ करोड भारु पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया