मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जेलेन्स्कीले ट्रम्पलाई पत्र लेख्दै भने, ‘स्थायी शान्तिका लागि वार्ता गर्न तयार छौं’

काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र पठाएर आफ्नो देश स्थायी शान्तिका लागि सकेसम्म चाँडो वार्ताको टेबलमा आउन तयार रहेको बताएका छन् ।

अमेरिकी संसदको संयुक्त सत्रलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले जेलेन्स्कीबाट महत्वपूर्ण पत्र प्राप्त गरेको जानकारी दिदै स्थायी शान्तिका लागि दुवै पक्षसँग वार्ता गर्न आवश्यक रहेको बताएका छन् ।

जेलेन्स्कीले पत्रमा लेखेका छन्, युक्रेन राष्ट्रपति ट्रम्पको बलियो नेतृत्वमा काम गर्न तयार रहेको छौं, ताकि स्थायी शान्ति प्राप्त होस् । हामीले युक्रेनलाई आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रता कायम राख्न अमेरिकाले गरेको कामको साँच्चै कदर गर्छौं । खनिज र सुरक्षा सम्बन्धी सम्झौताको सन्दर्भमा, युक्रेन तपाईंको लागि सुविधाजनक कुनै पनि समयमा हस्ताक्षर गर्न तयार छ ।’

ट्रम्प र जेलेन्स्की शुक्रबार ह्वाइट हाउसमा खनिज सम्झौतामा हस्ताक्षर गर्ने तयारीमा रहेको समयमा तनावपूर्ण बहसपछि जेलेन्स्कीले वार्ता छोडेर बेलायत गएका थिए ।

राष्ट्रपति ट्रम्पले जेलेन्स्कीको पत्रको कदर गर्दै भने, ‘एकैसाथ, हामीले रूससँग गम्भीर छलफल गरेका छौं र उनीहरू शान्तिको लागि तयार छन् भन्ने बलियो संकेतहरू प्राप्त गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?