मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के मास्क लगाउँदा चस्मा बाफ पसेर हैरान हुनुहुन्छ ? यस्ता छन् जोगिने उपाय

काठमाडौं। अहिले धुँवाधुलोबाट जोगिन एकाधले मास्क लगाए पनि अहिले अधिकांश व्यक्ति नियमित रुपमै मास्क प्रयोग गर्छन् । कतिपयले आँखाको सुरक्षाका लागि चस्मा लगाउँछन् भने आँखा कमजोर भएकाहरुलाई चस्मा नलगाइ नहुने बाध्यता हुन्छ ।

चस्मा लगाउने व्यक्तिलाई मास्क लगाउन निकै गाह्रो हुन्छ । तर चस्मा लगाउने मानिसलाई मास्कका कारण केही समस्या हुने गरेको छ। मास्क लगाउँदा चस्मामा बाफ आउने गर्छ जसले गर्दा हेर्न पनि अफ्ठेरो हुन्छ । कारोनाको कहरका बेला मास्क पनि लगाउनै पर्यो चस्मा पनि नलगाई भएन ।

तर चिन्ता नगर्नूस्, मास्क र चस्मा एकै पटक लगाउँदा पनि बाफले नछेक्ने सजिलो उपाय छ । मास्क लगाउँदा के तपाईंको चस्मा बाफले छोपिन्छ ? मास्क लगाएको बेला सास फेर्दा चस्मामा बाफ जम्न नदिन यस्ता उपाय:

– टिशूको प्रयोग: मास्कको माथिल्लो भागमा भित्रपट्टी कहिँ टिशू पेपर हाल्नुहोस् । त्यसले बाफ सोस्छ।

-साबुनको प्रयोग : चस्मा साबुनपानीले धुनुहोस् त्यसो गर्दा बन्ने पातलो झिल्लीले चस्मामा बाफ बस्न दिंदैन ।

-सधैं पहिले मास्क लगाउने र त्यसपछि मात्रै चश्मा लगाउनुपर्छ यसो गर्दा मास्कलाई चश्माले थिच्छ र बाफ चश्मामा बस्न पाउँदैन ।

-मास्क लगाउँदा नाकमा टेप लगाउने । नाकमा टेप लगाएर मास्क लगाइयो भने चस्मामा बाफ जम्मा हुँदैन ।

-मास्कको डोरीलाई राम्ररी कसेर राम्ररी फिट हुने गरी लगाउँदा पनि चश्मामा बाफ जम्मा हुने समस्या हुँदैन ।

-सधैं पहिले मास्क लगाउने र त्यसपछि मात्रै चश्मा लगाउनुपर्छ यसो गर्दा मास्कलाई चश्माले थिच्छ र बाफ चश्मामा बस्न पाउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?