काठमाडौं। आजकालको भागदौडयुक्त जीवनमा भिटामिन बी१२ को कमी एक सामान्य समस्या बन्दै गइरहेको छ । नेपालमा पनि धेरै मानिसहरु यो रोगको शिकार भएका छन् ।
भिटामिन बी १२ कम्प्लेक्स पानीमा घुलनशील भिटामिन हो। भिटामिन बी कम्प्लेक्सको कमी भएमा स्मरण शक्ति कमजोर हुनुका साथै थकान महसूस हुने र डिप्रेशन पनि हुनसक्छ। स्वस्थ रहन तथा शरिरलाई सुचारु रुपमा चलाउन भिटामिन्स र माइक्रोन्यूट्रियन्टको जरुरी हुन्छ।
तिनीहरूले छाला, कपाल, आँखा र कलेजो स्वास्थ्य कायम राख्न धेरै मद्दत गर्छ। यी सबैमा भिटामिन द्यज्ञद्द धेरै महत्त्वपूर्ण छ। सबै बी भिटामिनहरू पानीमा घुलनशील हुन्छन् । जसको मतलब शरीरले तिनीहरूलाई भण्डार गर्दैन।
आजको समयमा वृद्धवृद्धासँगै केही युवामा भिटामिन बी – १२ को कमी देखिएको छ । यसको कारण उनीहरूको आहार हुन सक्छ। शरीरमा भिटामिन बी१२ को कमी सामान्यतया शाकाहारी मानिसमा बढी पाइन्छ, किनकि, निकै कम शाकाहारी आहारमा मात्र यो भिटामिन पाइन्छ । शरीरका लागि भिटामिन बी१२ अत्यन्त जरुरी हुन्छ । शरीरमा भिटामिन बी १२ को कमी भएमा शरीरमा धेरै समस्या आउन थाल्छ । लामो समयसम्म उपचार गरिएन भने यसले गम्भीर रोगसमेत निम्त्याउन सक्छ। भिटामिन B12 को कमीको लक्षण कस्तो हुन्छ र तिनीहरूलाई कसरी पहिचान गर्ने यस बारे जानकारी लिनुहोस् ।
भिटामिन बी १२ को कमीका लक्षणहरू :
थकान–यदि कसैलाई भिटामिन बी १२ को कमी छ भने उसलाई थकान महसुस हुन्छ। वास्तवमा, शरीरका कोशिकाहरूलाई राम्रोसँग काम गर्न भिटामिन B12 चाहिन्छ। भिटामिन बी १२ को कमी भएमा रातो रक्त कोशिकाको उत्पादन कम हुन्छ।
मांसपेशी दुखाइ र कमजोरी– भिटामिन B12 को कमीले सेन्सरी तंत्रिका कार्यमा नकारात्मक असर गर्छ। जसले मांसपेशीलाई कमजोरी बनाउँनुका साथै दुख्ने पनि गर्दछ ।
पहेंलो छाला– शरीरमा भिटामिन बी १२ को कमी हुँदा छालाको रंग पहेँलो हुन्छ । आइरन–कमजोरी एनीमिया भनिने अवस्था जस्तै, भिटामिन B12 को कमीले रातो रक्त कोशिकाको कमी र छाला पहेंलो हुन्छ। भिटामिन बी १२ को कमीले छालासँगै जन्डिस र आँखा पहेँलो हुन सक्छ।
शरीरका यी अंगले भिटामिन बी–१२ को कमीको संकेत दिन्छन्
एनएचएसले भनेको छ, ‘भिटामिन बी–१२ माथि भएका थुप्रै अनुसन्धानमा हामीले पायौँ कि हात, पाखुरा, तिघ्रा र खुट्टामा भिटामिन बी – १२ को कमीको लक्षण देखिन्छ । यो तत्वको कमी हुँदा शरीरका यिनै चारै भागमा अचम्मको झन्झनाहट हुन्छ । यो स्थितिलाई ‘पेरेस्थेसिया’ भनिन्छ ।’
तर यदि तपाईंको शरीरमा यस्ता समस्या छन् भने यसको अर्थ तपाईंलाई भिटामिन बी को कमी नै भएको हो भन्ने चाहिँ होइन । यो विभिन्न कारणले पनि हुनसक्छ जसमा नसामा दबाब, नसामा पीडा, रक्त सञ्चारमा कमी, हाइपरभेन्टिलेशन, मधुमेह, मल्टिपल स्केलेरोसिस, हाइपरथायरायडिजमजस्ता रोग समावेश छन् । त्यसैले यस्ता लक्षण देखिँदा डाक्टरलाई भेट्न जानुहोस् ।
‘पेरेस्थेसिया’ मा हात–खुट्टाबाहेक शरीरको अन्य हिस्सा पनि हुनसक्छ । यतिबेला कसैलाई कतै पनि दुख्दैन र यो लक्षण बिना कुनै चेतावनी अचानक देखिने गर्छ । यो धेरैजसो तपाईं बसिरहेका वा सुतिरहेका बेला केही मिनेटका लागि तपाईंले महसुस गर्नुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया