मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी थाहा पाउने आफ्नो बच्चाको बिग्रँदो स्वभाव र परिवर्तित ब्यवहार?

काठमाडौँ। आजकल महिलाहरु काममा ब्यस्त हुने भएकाले पारिवारिक स्थिति परिर्वतन भएको छ । बच्चाहरुलाई सानो उमेरमा स्कुल र बाँकी समय ट्युसन राख्दा आमाहरु केही समयको लागि फुर्सदिलो हुने र त्यो बेला बालबालिकाहरुले आफूहरुलाई दुःख दिन पाउँदैनन् भन्ने धेरै आमाहरुको अभिव्यक्ति रहेको पाइन्छ ।

आजभोलि अभिभावकहरु आफ्नो बालबालिकाहरुको भविष्यप्रति आवश्यकभन्दा बढी सचेत हुन थालेका छन् । बच्चा जन्मिन नपाई उनलाई डाक्टर बनाउने कि इन्जिनियर भनेर सोच्न थाल्छन् ।

आमा-बुबा नै व्यस्त हुन भएसंगै बालबालिकाहरुलाई प्रि-स्कुलमा राख्नुपर्ने बाध्यता हुन्छ । त्यस्तै ठूला भएपछि पनि किशोर-किशोरीहरुलाई सुविधायुक्त छात्रावासमा राख्ने हरेक अभिभावकको सपना नै हुन्छ । त्यसको प्रत्यक्ष्य फाइदा भने विभिन्न शिक्षण संस्थाहरुले उठाइरहेका छन् । आजभोलि शिक्षण संस्थाहरु पैसा कमाउने एउटा स्रोत बनेका छन् ।

आमा-बुबाको पैसाको सान
हिजोआज बालबालिकाहरु आफ्ना अभिभावकको शानका कारण नै जिद्दी बन्छन् र स्कुलमा शिक्षकलाई टेर्दैनन् । प्रायः सुबिधा सम्पन्न परिवारका बालबालिकाहरु कसैलाई मान-सम्मान गर्दैनन् । उनीहरु स्कुलमा शिक्षक र घरमा अभिभावकको कदर गर्दैनन् । उनीहरु मेहेनत गर्न मन गर्दैनन् । आमा-बुबाको पैसाको सान स्कुलमा पनि देखाउन खोज्छन् ।

अभिभावकको दवाव

स्कुललाई नतीजाको चिन्ता हुन्छ भने अभिभावकलाई आफ्नो बच्चा सबैभन्दा अगाडि होस् भन्ने इच्छा रहेको हुन्छ । त्यस्तो स्थितिमा बच्चालाई आवश्यकताभन्दा बढी दवाव दिन थालिएको छ । ऊ चुपचाप सबै दबाबहरुमा दबिएर सबैको इच्छा-अपेक्षाहरु पूरा गर्ने कोशिस गर्न थाल्छ अथवा ऊ बिद्रोही भएर आफूलाई जे मन लाग्छ त्यही गर्न थाल्छ । अभिभावकद्वारा गरिने अनावश्यक हस्तक्षेपका कारण आजकल बच्चाहरुलाई पढ्न अति नै गाह्रो हुन थालेको छ । बालबालिकाहरु पढ्न चाहँदैनन् ।

शिक्षकको कर्तव्य

प्रायः शिक्षकहरु आफ्नो गल्ति स्वीकार गर्न तयार हुँदैनन् । यदि कुरा बढेर प्रधानाध्यापसम्म पुग्यो भने उनीहरु बच्चालाई बारम्बार अपमानित गर्छन्, त्यसैले बच्चा घरमा केही भन्न मान्दैनन् । प्रायः जुन छात्र कमजोर हुन्छ, त्यो कुराले उसलाई नराम्रोसँग उपेक्षा गरेको हुन्छ, जसका कारण उ कुण्ठित हुन्छ र पढ्न मन गर्दैन । त्यसैले सबै बच्चालाई ध्यान दिनु, उनीहरुको प्रतिभालाई निखार्नु र उनीहरुको आवश्यकतालाई चिनेर अगाडि बढ्न सहयोग गर्नु नै एउटा कुशल शिक्षकको जिम्मेवारी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?