मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ओस्कर अवार्ड: जोई सलडानाले जितिन् उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड

लस एन्जिलस। अमेरिकाको लस एन्जलसमा आयोजना भइरहेको ओस्कर अवार्डमा जोई सलडानाले उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन्। यो जोई साल्डानाको पहिलो ओस्कर अवार्ड हो।

‘एमिलिया पेरेज’ मा उत्कृष्ट अभिनय गरेबापत उनले यो पुरस्कार प्राप्त गरेकी हुन्। ओस्कर अवार्ड प्राप्त गरेपछि जोई सलदानाले भनिन्, ‘म यो पुरस्कार प्राप्त गर्ने डोमिनिकन मूलको पहिलो अमेरिकी हुँ, मलाई थाहा छ म यो पुरस्कार प्राप्त गर्ने अन्तिम व्यक्ति हुनेछैन।’

यस वर्ष आयोजना भइरहेको ९७ औं ओस्कार अवार्डमा फिल्म ‘अनोरा’ ले उत्कृष्ट सम्पादनको अवार्ड जितेको छ। अहिलेसम्म पल टेजवेलले पोशाक डिजाइनको लागि ओस्कर पुरस्कार प्राप्त गरिसकेका छन्। यो श्रेणीमा कुनै अश्वेत व्यक्तिले ओस्कर पुरस्कार पाएको यो पहिलो पटक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?