मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिहान भूलेर पनि नगर्नुहोस् यी ६ गल्ती

काठमाडौँ। भनिन्छ, बिहानले दिनको संकेत गर्द। हामीले बिहानको समयमा गरिने क्रियाकलापले त्यसको असर दिनभर पर्छ। हामीले बिहान राम्रो काम गरौँ भने दिनभरको समयमा उर्जा प्राप्त हुन्छ। यदी हामीले बिहानै काम राम्रो गरेनौँ भने दिनभर पनि हाम्रो मनस्थितमा त्यसको असर पर्ने गर्दछ ।

ज्योतिष शास्त्रका अनुसार यदी विहानको सुरुवात सही भएमा पुरै दिन राम्रो हुने गर्दछ। तर ज्योतिषशास्त्रमा उल्लेख गरिएका केही गलत कुरा बिहान गर्यो भने पूरै दिन खराब हुने गर्दछ। आज हामी तपाईलाई कुन कुन चिज देख्नु बिहानको समयमा अशुभ हुने गर्दछ भन्ने कुराबा बारेमा जानकारी दिदैछौँ। जुन कुरा बिहान हेर्नुभयो भने दिनभर अशुभ मानिने गरिन्छ।

१) वास्तु शास्त्रका अनुसार बिहान उठ्ने वित्तिकै ऐना हेर्नु अशुभ मानिने गरिन्छ। यदी तपाईले उठ्ने वित्तिकै ऐना हेर्नुभयो भने दिनभर नकारात्मक असर पर्ने गर्दछ। जसले तपाईलाई तनाव दिने गर्दछ।

२) जो मानिसहरु बिहानको नास्ता गर्दैनन् उनीहरुको फ्याट बर्निङ प्रोसेस स्लो हुने गर्दछ । नास्तामा प्रोटिन र कार्बोहाइड्रेटलाई अवश्य पनि समावेश गर्नुहोस् । (तेलअविव युनिभर्सिटी, इजराइलको अनुसन्धान)

३) बिहान पेट निकै खाली हुने गर्दछ । यो क्रममा यदि उच्च क्यालोरीयुक्त स्न्याक्स जस्तै चिप्स, स्यान्डविच वा बर्गर खाँदा यो फ्याटमा परिवर्तन हुने गर्दछ । यसले मोटोपना बढ्नसक्छ ।

४) धेरै गुलियो खानेः बिहानको समयमा धेरै गुलियो अथवा भारी खाना खाएमा मोटोपना बढ्ने, सुस्त हुने, आलस्यता बढ्ने, मधुमेह र रक्तचापमा समस्या देखा पर्ने हुन्छ । त्यसकारण बिहानको खाजामा अण्डा, दूध, मनतातो कागती पानी, फलफूल जस्ता खानेकुरा मात्र लिनुपर्छ ।

५) उठ्ने वित्तिकै मोबाइल चलाउनेः उठ्ने वित्तिकै मोबाइल हेर्ने धेरैको बानी हुन सक्छ । तर यसो नगर्नुहोस् । मोबाइलले कन्सन्ट्रेसन पावर कम गर्ने भएकाले बिहान उठ्न बित्तिकै सकेसम्म मोबाइलबाट टाढा रहनुहोस् ।

६) ओछ्याउनबाट एक्कासी उठ्नेः यस्तो गर्दा हाम्रो रक्तचाप कम हुन जान्छ अनि चक्कर लाग्ने समस्या हुन्छ । यसले हृदयघात समेत हुन सक्ने सम्भावना बढ्छ । त्यसैले बिहान बिस्तारै उठेर जीउ तन्काउनुपर्छ । त्यसपछि पूरै शरीरमा सामान्य तरिकाले रगत पुग्ने गरी हल्का व्यायाम गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?