काठमाडौँ। बिहान उठेपछि खाली पेटमा एसिडको मात्रा अत्याधिक हुने गर्छ । यस्तो अवस्थामा बढी एसिडिटीयुक्त खानेकुरा खाँदा शरीरको पाचनशक्तिमा गढबढ आउँनसक्छ ।
दिनभर उर्जावान बन्नको लागि बिहान खाजा खानु आवश्यक छ । खाजामा पोषणले भरिएको खाद्यपदार्थ पनि खानुपर्छ । तर कैयौ पटक जानकारीको अभावमा मान्छे खाजामा गलत खानेकुराको सेवन गर्ने गर्छन् । जसको कारणले पाचनसँग जोडिएको समस्य वा अन्य बिमारीहरु समेत हुन सक्छ । के खानुपर्छ बिहानको खाजामा भन्ने विषयमा भन्ने बारेमा यो लेख तयार पारिएको छ ।
हामीले दैनिक रूपमा आगोमा पकाएर र नपकाई खानेकुराको सेवन बढी नै गरिरहेका हुन्छौँ । केही यस्ता खानेकुरा पनि छन् जसलाई एक रात भिजाएर खाएमा त्यसबाट अरू खानेकुराको भन्दा अधिक फाइदा शरीरले लिन सक्छ । यस्ता किसिमका खानेकुराले शरीरमा रोगप्रतिरोधी क्षमता बढाउनु साथै मस्तिष्कदेखि पैतलासम्मको हड्डीलाई फाइदा गर्ने गर्छ ।
अमिलो फल
फ स्वास्थ्यको लागि धेरै फाइदाजनक छ । तर खाली पेटमा यस्तो फल खानुले पेटमा अधिक एसिड जम्मा हुने गर्छ । फलफूलमा प्रचूर मात्रामा फाइबर र फ्रुक्टोज पाइन्छ । जसले गर्दा हाम्रो पाचनतन्त्रमा समस्या सिर्जना हुन सक्छ । यसका कारण खासगरी बिहान खाली पेटमा यस्ता अमिलो खानेकुरा खानु हुँदैन ।
दुध
दुधमा सैचुरेटेड र प्रोटिनको मात्रा बढी पाइन्छ । यसले पेटको मांसपेशीलाई कमजोर बनाउँछ । विहान खाली पेटमा दुध पिउँदा खोकीको समस्या हुनसक्छ । साथै बिहान दुधबाट बनेका उत्पादन पनि सेवन गर्नु हुँदैन ।
बिहानै दही पनि खानु राम्रो होइन । दहीबाट पेटमा हाइड्रोक्लोरिक एसिड बढ्ने गर्छ । र, यसमा भएको ल्याक्टिक एसिडबाट ब्याक्टेरियालाई नष्ट गर्छ ।
केरा
तौल बढाउनको लागि प्रायः मानिस केरा खाने गर्छन् । बिहान उठेर केरा खाँदा यसले शरीरको पाचनप्रक्रिया बिग्रने खतरा हुन्छ । बिहान केरा सेवन गर्दा क्यालसियम र म्याग्नेशियमको सन्तुलन बिग्रन्छ ।
ग्रीन टी वा चिया
धेरैजसो व्यक्ति विहान उठेपछि ग्रीन टी वा चिया पिउने गर्छन् । यसले स्वास्थ्यमा नराम्रो असर पर्छ । चियामा रहेको कैफीन तत्वबाट शरीरमा एसिडको मात्रा बढ्न जान्छ र यसले पाचनशक्तिमा समस्या गर्छ ।
गोलभेँडा
गोलभेँडामा अत्याधिक एसिड हुन्छ । यसले एसिडिटीको खतरा बढाउँछ । त्यसैले विहान उठ्ने वितिकै गोलभेँडको परिकार नखाँदा राम्रो ।
काँचो तरकारी
खाली पेटमा सलाद लगायत काँचो तरकारी पनि खानु स्वास्थ्यको लागि हानिकारक छ । यसमा हुने फाइबरका कारण खाना सजिलैसँग पच्दैन । त्यसैले बिहान उठेर काँचो तरकारी खानु हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया