मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युक्रेन र बेलायतबीच ऋण सम्झौता, युक्रेनको सार्वभौमसत्ता र सुरक्षाप्रति स्टारमर प्रतिबद्ध

काठमाडौँ – अमेरिकाको विवादित भ्रमणपछि बेलायत पुगेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रधानमन्त्री केयर स्टारमरसँग भेटवार्ता गरेका छन् ।

यस क्रममा, जेलेन्स्कीले स्टारमरलाई उनको अटल समर्थनको लागि धन्यवाद दिए । सो क्रममा स्टारमरले युक्रेनको सार्वभौमसत्ता र सुरक्षाप्रति बेलायतको प्रतिबद्धता दोहोर्‍याएका थिए । दुई नेताहरूको यो भेटवार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जेलेन्स्कीको बहसको एक दिन पछि भएको थियो।

बैठकमा दुई नेताहरूले युक्रेन र युरोपले सामना गरिरहेका चुनौतीहरू, अन्तर्राष्ट्रिय सहयोग र बलियो सुरक्षा ग्यारेन्टीसहितको न्यायपूर्ण शान्ति प्राप्त गर्ने प्रयासहरूबारे छलफल गरेको बिबिसीले उल्लेख गरेको छ ।

भेटघाटपछि जेलेन्स्कीले इन्स्टाग्राममा एउटा पोस्ट सेयर गर्दै लेखे- ‘प्रधानमन्त्री केयर स्टारमरसँग फलदायी र न्यानो भेटघाट भयो । हामीले युक्रेन र युरोपले सामना गरिरहेका चुनौतीहरू, सहयोग र न्यायपूर्ण शान्तितर्फका कदमहरूबारे छलफल गर्यौं ।’

बैठकको क्रममा युक्रेन र बेलायतले युक्रेनको रक्षा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो सम्झुता अनुआर बेलायतले युक्रेनलाई २.८ बिलियन डलर ऋण सहयोग गर्ने छ । हाल बेलायतले युक्रेनलाई बार्षिक रुपमा गरिरहेको ३.७ बिलियन डलरभन्दा अतिरिक्त भएको बताइएको छ । यी ऋणको रकम बेलायतले रोक्का गरेको रुसी सम्पत्तिको आम्दानीबाट भुक्तानी गर्ने भएको छ ।

‘आज युक्रेन र संयुक्त अधिराज्यले ऋण सम्झौतामा हस्ताक्षर गरे,’ जेलेन्स्कीले एक्समा एक पोस्टमा भने । यो ऋणले युक्रेनको रक्षा क्षमतालाई बलियो बनाउनेछ र रूसी सम्पत्तिबाट प्राप्त हुने राजस्वबाट भुक्तानी गरिनेछ । यो साँचो न्याय हो- ‘युद्ध सुरु गर्नेले मूल्य चुकाउनै पर्छ ।’

जेलेन्स्कीले बेलायत सरकारप्रति कृतज्ञता व्यक्त गर्दै भने, ‘युद्धको सुरुवातदेखि नै बेलायतका जनता र सरकारलाई सहयोग गरेकोमा म धन्यवाद दिन्छु।’ सुरक्षित भविष्यको लागि उही दृष्टिकोण साझा गर्न पाउँदा हामी खुसी छौं ।

जेलेन्स्कीसँगको भेटपछि, स्टारमरले इन्स्टाग्राममा एउटा पोस्ट सेयर गरे जसमा उनले युक्रेनमा चलिरहेको युद्धमा रुस विरुद्ध बेलायतको दृढ अडानलाई जोड दिए । ‘जेलेन्स्कीलाई डाउनिङ स्ट्रिटमा स्वागत गर्न पाउनु र युक्रेनको लागि मेरो अटल समर्थन दोहोर्याउनु सम्मानको कुरा थियो,’ स्टारमरले लेखेका छन् ।

स्टारमरले जेलेन्स्कीलाई अँगालो हालेर भित्र बोकेको भिडियो पनि सेयर गरेका छन् । स्टारमरले लेखेका छन- ‘बेलायत आज र सधैं युक्रेनको साथमा उभिन्छ । म रुसको अवैध युद्धको अन्त्य गर्ने र युक्रेनको भविष्यको सार्वभौमसत्ता र सुरक्षा सुरक्षित गर्ने न्यायपूर्ण र दिगो शान्ति सुनिश्चित गर्ने बाटो खोज्न कटिबद्ध छु ।’

स्टारमर र जेलेन्स्कीसँगको भेटघाट युरोपेली नेताहरूको शिखर सम्मेलन अगाडि भएको हो, जहाँ युक्रेनमा ‘न्यायपूर्ण र दिगो शान्ति सुनिश्चित गर्न’ समर्थन बढाउने कुरामा छलफल केन्द्रित हुनेछ । अमेरिकाले युक्रेनलाई समर्थन गरिरहने कि नेटोलाई निरन्तरता दिने भन्ने चिन्ता बढ्दै जाँदा शिखर सम्मेलनले युरोपको रक्षा सहयोग बढाउने आवश्यकतामाथि पनि छलफल गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?