काठमाडौँ – नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा २२ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा एक लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार सुन प्रतितोला १ हजार ७० हजार ३ सयमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया