मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साइबर सुरक्षा अभियानमा इन्डोनेसियाको सक्रियता

काठमाडौँ – इन्डोनेसियाका अधिकारीहरूले सन् २०२४ मा आतङ्कवादसँग जोडिएका करिब तीन हजार सामाजिक सञ्जाल खाताहरू बन्द गरेका छन् ।

राष्ट्रिय काउन्टर टेररिज्म एजेन्सी ९बीएनपीटी० का प्रमुख प्रहरी आयुक्त जनरल एडी हार्टोनोले भने,“संचार तथा प्रविधि मन्त्रालयले कट्टरपन्थी विचारधाराहरूको फैलावट रोक्नको लागि दैनिक सामाजिक सञ्जाल गतिविधिको निगरानी गरी रहेको छ ।

विगत तीन वर्षमा कुनै ठूला आतङ्कवादी घटना इन्डोनेसियामा भएको छैन । इन्डोनेसियाली सेना, प्रहरी र खुफिया एजेन्सी लगायत विभिन्न सङ्गठनहरू आतङ्कवाद विरोधी प्रयास रोक्न सक्रिय रहेको छ ।”

वी आर सोसलका अनुसार, इन्डोनेसियामा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको सङ्ख्या सन् २०२४ मा १३ करोड ९० लाख पुग्ने अपेक्षा गरिएको थियो, जुन जनसङ्ख्याको ४९।९ प्रतिशत रहेको छ । यहाँ युट्युब, इन्स्टाग्राम, फेसबुक र टिकटक जस्ता प्लेटफर्महरू सबैभन्दा लोकप्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?