मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कारोबारको अन्तिम दिन सेयर बजारमा हरियाली

काठमाडौँ – कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ मा हरियाली छाएको छ । मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेसँगै बिहीबार सेयर बजारमा हरियाली छाएको हो ।

आज सेयर बजार ४९.१५ अंकले बढेर परिसूचक २८१५ बिन्दुमा पुगेर रोकिएको छ । दुई करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३९ करोडको कारोबार भयो । कारोबारमा आएका १८६ कम्पनीको सेयर बढेका छन् ।

आज कारोबारका आधारमा सर्वाधिक हिमालय रि इन्सुरेन्सले ९६ करोड, नेपाल रिइन्सुरेन्सले ७६ करोड र एनआरएन इन्फ्रास्ट्रक्चरले ४६ करोडको कारोबार गरे ।

आज चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गर्डियन माइक्रो लाइफ, अपर हेवाखोला हाइड्रो, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?